arrow

मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली मलेसिया प्रस्थान

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
nepali-tim-foot.jpg.jpeg
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण फुटबल खेल्न मलेसिया गएको छ । आइतबार मलेसियाको –२२ वर्षमुनिको राष्ट्रिय टिमसँग मैत्रिपूर्ण खेल खेल्न नेपाली टिम मलेसिया गएको हो । अखिल नेपाल फुटबलसंघ एन्फामा पदाधिकारीको विषयलाई लिएर विवाद भइरहँदा विराज महर्जन नेतृत्वको नेपाली टोलीले मैत्रीपूर्ण खेलको अवसर सदुपयोग गर्ने अपेक्षा गरिएको छ । 
 
नेपाली टिमले सन् २०१७ सम्म कुनै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने तालिका नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले हरेक महिना एउटा मैत्रीपूर्ण खेल खेल्ने योजना अघि सारेको छ । साफ च्याम्पियनसिपको ११औं संस्करणमा पराजित भएको नेपाली टोलीले अब एकै पटक साफको १२ औं संस्करणमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छ । १२औं संस्करण २०१७ मा बंगलादेशमा हुनेछ । मैत्रीपूर्ण खेलकै लागि एन्फाले जापानी प्रशिक्षक र जापानी प्राविधिक निर्देशक भित्र्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ