arrow

युवराज सिंहको सन्यास पार्टीमा पूर्व प्रेमिकामाथि नजर

logo
प्रकाशित २०७६ असार १५ आइतबार
yubraj3.jpg

काठमाडौं । भारतीय क्रिकेटर युवराज सिंहले भर्खरै क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । यो खबर सुनेर धेरै मानिस अचम्ममा परेका थिए । यसैबीच शनिवार उनले रिटायरमेन्ट पार्टी राखेका थिए । उक्त पार्टीमा बलिउड, क्रिकेट र व्यावसायिक क्षेत्रका केही ठूला हस्तीहरु पनि सहभागी भएका थिए ।

युवराज सिंहको यो पार्टीमा सबैभन्दा महत्वपूर्ण पाहुना आकाश अम्बानी र उनकी पत्नी श्लोका मेहता थिए । यसका साथै नीति अम्बानी पनि पार्टीमा सामेल भएकी थिइन् ।

युवराज सिंहको उक्त पार्टीम सबैभन्दा निगरानीमा किम शर्मा रहेकी थिइन् । कुनै समय किम र युवराज रिलेशनमा रहेको बताइने गरिएको थियो ।

उक्त पार्टीमा युवराजकी पत्नी हेजल कीच पनि सहभागी थिइन् । युवराज सिंह पनि कालो ज्याकेछ र टीसर्टका साथ सेतो पाइन्टमा उक्त पार्टीमा देखिएका थिए ।

यो पार्टीमा फरहान अख्तर आफ्नी गर्लफ्रेन्ड शिवानी दाण्डेकरको साथमा पुगेका थिए । इरफान पठान पनि उक्त पार्टीमा सहभागी भएका थिए । साथै अन्य केही भारतीय स्टार उक्त पार्टीमा पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ