arrow

चन्द्रमा र पृथ्वीको क्षुद्रग्रहबारे अध्ययन गर्दै नासा

logo
प्रकाशित २०७६ असार १५ आइतबार
Planetoid.jpg

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमा र पृथ्वीको आसपास रहेका क्षुद्रग्रहको अध्ययनका लागि नयाँ आठ टोली छनोट गरेको छ । यो टोलीले मंगलको चन्द्रमा (फोबोस र डीमोस)का साथै तिनीहरुका निकटवर्ती अन्तरिक्ष वातावरणको बारेमा पनि जानकारी एकत्रित गर्नेछ ।

यो मिसनका लागि सोलार सिस्टम एक्सप्लोरेशन रिसर्च भर्चुअल इन्स्टिच्युट (एसएसईआरवीआई)ले पाँच वर्षसम्म यो टोलीलाई सहयोग गर्नेछ । नासाले एक वक्तव्यमा यो कार्यक्रम नासाको साइन्स एण्ड ह्युमन एक्सप्लोरेशन एण्ड अपरेशन मिसनद्वारा वित्तीय सहयोग प्राप्त कार्यक्रम हुनेछ । यो पूरा मिसनमा वार्षिक १ करोड ५ लाख डलर प्रतिवर्ष खर्च हुनेछ ।

नासाका अधिकारीका अनुसार रोबोट र मानिसद्वारा गरिने अधययन र सौर्यमण्डलमा मानिसको भविष्यको अन्वेषणका लागि यो निकै महत्वपूर्ण साबित हुनेछ ।

वैत्रानिकको यो टोली नासाले २४ प्रतिस्पर्धी प्रस्तावको समीक्षाको माध्यमबाट चयन गरेको हो । कुल आठ टिममध्ये एक टोलीले क्यालिफोर्नियाको सिलिकन भ्यालीमा नासाका रिसर्च सेन्टरमा जेनिफर हेल्डम्यानको नेतृत्वमा चन्द्रमामा संसाधनको मात्रा र उपलब्धताको आँकलन गर्नेछ ।

साथै त्यसको उपयोगको लागि आवश्यक प्रविधिको पनि परिक्षण गरिनेछ । साथै चन्द्रमामा मानिसको जीवनको सम्भावना छ वा छैन भन्ने कुराको पनि जानकारी दिनेछ ।

अर्को एक टोलीले भने क्षुद्रग्रहबाट निस्किने विकिरणको असर मानव स्वास्थ्यमा कस्तो पर्छ भन्ने विषयमा जानकारी संकलन गर्नेछ । यो टोलीले जनावरको कोशिकाको क्षुद्रग्रहको विकिरणसँग कस्तो सम्बन्ध छ भन्ने कुराको जानकारी हासिल गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ