arrow

मुस्ताङको ठिनी गाउँ जानुअघी हेर्नुहोस यो भिडियो

logo
राम अविरल,
प्रकाशित २०७६ असार १५ आइतबार
thak-thini-mustang.jpg

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीय स्थान हो ठिनी गाउँ । यो गाउँले प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक हिसावले प्रसस्त पर्यटकीय सम्भावना बोकेको छ ।

जोमसोमदेखि ३० मिनेट पैदल हिँडेपछि यहाँ पुग्न सकिन्छ । सडक सुविधा पुगेको ठिनी गाउँ मुक्तिनाथ–नारच्याङ वैकल्पिक र जोमसोम–तिलिचो पदमार्गमा समेटिएको छ ।

ढुंगा, माटो र काठबाट बनेका सेतो रङले पोतिएका, छतमा दाउरा राखिएका गुजुमुज्ज घरहरू रहेको ठिनीबाट धौलागिरी र निलगिरी हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।

राजा ठोकरचेनले शासन चलाएको झरपझोङ किल्लाको भग्नावशेष, दरबार, बौद्ध धर्मगुरु पद्मसम्भवले तपस्या गरेको कुछप तेरेङ्गा गुम्बा, रमणीय ढुब्बा ताल, हिमचितुवाको बासस्थान रहेको नमखु लेक र थकाली संस्कृति ठिनीका थप आकर्षण हुन् ।

मौका मिलाएर जानुहोला ठीनी गाउँ। जानुअघी हेर्नहोस यो भिडियोः 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ