arrow

भारतले इंगल्याण्डसंग हारेर भारतीयलाई मात्र हैन सार्क राष्ट्रहरुलाई नै रुवायो 

भारतले जितेको भए पाकिस्तान, बंगलादेश वा श्रीलंकामध्ये एकको सेमिफाइनल सम्भावना हुने थियो 

logo
प्रकाशित २०७६ असार १६ सोमबार
india-england.jpg

काठमाडौं । इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटमा भारतको अपराजित यात्रा टुंगिएको छ । भारत सातौं खेलमा इंगल्याण्डसंग पराजित भएको हो । 

मर्मिंघममा भएको खेलमा भारत इंगल्याण्डसंग ३१ रनले हारेको छ । ३३८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको भारतले ५ विकेटको नोक्सानीमा ३०६ रन मात्र बनायो । 

रोहित शर्माले १०२, विराट कोहलीले ६६, हार्दिक पाण्डेयाले ३३ बलमा ४५ रन बनाए । महेन्द्र सिंह धोनीले ३१ बलमा नटआउट ४२ रन बनाए । 

लियाम प्लंकेटले ३ तथा क्रिस वोक्सले २ विकेट लिए । 

यसअघि इंगल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा ३३७ रन बनायो । 

जोनी बेयरस्ट्रोले १११, बेन स्टोक्सले ७९ तथा जासन रोयले ६६ रन बनाए । मोहम्मद शामीले ५ विकेट लिए ।

यो जितले इंगल्याण्ड ८ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा पुगेको छ । जितले इंगल्याण्डको सेमिफाइनल यात्रा सहज भएको छ । 

अन्तिम खेलमा इंगल्याण्डले न्युजिल्याण्डसंग खेल्नेछ । 

भारतको हारले दक्षिण एसियालाई रुवायो 
भारतको हारले उसको अपराजित यात्रा रोकिएको छ । यसले उसको कीर्तिमान मात्र रोकिएको छैन ब्रिटिश सामु ब्रिटेनकै भूमिमा भारतलाई हार्न स्वीकार्य नहुनु पर्ने हो । 

अर्कातर्फ खेल सुरु हुनु अघि नै भारतले हार्ने अड्कल ब्याप्त भएको थियो । त्यसको कारण हो पाकिस्तान । 

विश्वकप सुरु हुनुअघि नै भारतले पाकिस्तानसंग विश्वकप नखेल्ने बताएको थियो । तर पछि खेल्न वाध्य भयो । 

जारी विश्वकपमा भने भारतले पाकिस्तानमाथि फराकिलो जित निकाल्यो । तर पाकिस्तानले पछिल्ला तीन खेल जितेर सेमिफाइनलमा पुग्ने ठूलो मौका थियो । 

यदि इंगल्याण्डलाई भारतले हराएको भए दक्षिण एसियाबाट पाकिस्तान, बंगलादेश वा श्रीलंकामध्ये एक टिमको सेमिफाइनलमा पुग्ने सम्भावना हुने थियो । 

त्यो अवसरलाई भारतले गुमाइदिएकोमा दक्षिण एसिया चिन्तामा परेको हो । 
यस्तो छ अंकतालिका–
अष्ट्रेलिया ८ खेलबाट १४ अंकसहित शीर्ष स्थानमा –सेमिफाइनलमा छनोट । 
भारत ७ खेलबाट ११ अंकसहित दोस्रो स्थानमा, न्युजिल्याण्ड ८ खेलबाट ११ अंकबाट तेस्रो स्थानमा, इंगल्याण्ड ८ खेलबाट १० अंकसहित चौथो स्थानमा पुगेको छ । 

पाकिस्तान ८ खेलबाट ९ अंकसहित पाँचौंमा झरेको छ । बंगलादेश ७ खेलबाट ७ अंकसहित छैटौं तथा श्रीलंका ७ खेलबाट ६ अंकसहित सातौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ