arrow

अर्जुनभन्दा ११ वर्ष जेठी मलाइकाले भनिन्- सानो समुदायमा बसेकाले समयअनुसार चल्न चाहेनन्

अर्जुन कपूर–मलाइकाको नजिकको सम्बन्धबारे छोरा अरहानको प्रतिक्रिया

logo
प्रकाशित २०७६ असार १६ सोमबार
malaika-.jpg

काठमाडौं । भारतीय अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको सम्बन्धको चर्चा पछिल्लो समय चुलिएको छ । दुवैलाई अहिले एकैसाथ देखिने गरिएको छ । यी दुई अहिले न्युयोर्कमा छुट्टी मनाइरहेका छन् । यसैबीच मलाइका अरोडाले पहिलोपटक अर्जुन कपूरसँगको आफ्नो सम्बन्धको विषयमा खुलेर जवाफ दिएकी छिन् ।

मलाइकाले आफ्ना छोरा अरहान खानको पनि अर्जुन कपूरसँगको सम्बन्धबारेको प्रतिक्रियाको विषयमा पनि खुलाएकी छिन् । अरबाज खानसँग सम्बन्ध विच्छेद भएपछिको अवस्थाको विषयमा मलाइकाले अन्तर्वार्तामा आफूलाई दोस्रोपटक कोहीसँग सम्बन्धमा बस्नसक्ने विश्वास आफूमा नरहेको बताएकी छिन् । तर, आफूले त्यस्तो एउटा सम्बन्ध खोजीरहेको अवस्थामा आफूलाई उक्त साथ मिलेको उल्लेख गरेकी छिन् ।

यसका साथै आफ्नो छोराको अर्जुनसँगको विषयमा बोल्दै मलाइकाले यो सम्बन्धबाट सबैजना खुसी रहेको बताएकी छिन् । मलाइका र अर्जुनबीच ११ वर्षको अन्तर छ । मलाइका ४५ वर्षकी छिन् भने अर्जुन कपूर ३४ वर्षको भएका छन् । यस्तोमा सामाजिक सञ्जालमा उनीहरुको उमेरको विषयलाई लिएर पनि ट्रोल बनाएका थिए ।

उमेरको विषयमा गरिएको टीप्पणीप्रति मलाइकाले जवाफ दिँदै कुनै पनि सम्बन्धमा उमेरभन्दा पनि मन मिल्नु जरुरी रहेको बताएकी छिन् । उनले यो सानो समुदायमा बस्दै आएका हामीहरु समयअनुसार चल्न नचाहेको आरोप पनि लगाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ