arrow

मंगलबार सूर्यग्रहण, भूलेर पनि नगर्नुहोस् यी काम

logo
प्रकाशित २०७६ असार १६ सोमबार
solar-eclips.jpg

काठमाडौं । मंगलवार सूर्यग्रहण लाग्दैछ । यो सूर्यग्रहण चार मिनेट ३३ सेकेण्डसम्म चल्ने संभावना रहेको छ । यस बर्षको यो नै पश्चिमको एकमात्र सूर्यग्रहण हुनेछ । द वेदर च्यानलका अनुसार , सूर्य ग्रहण ६ हजार माइलको दुरीबाट गुज्रनेछ । सूर्य ग्रहण प्रशांत महासागर र दक्षिण अमेरिकाबाट देखिनेछ ।

रिपोर्टका अनुसार, सूर्य ग्रहण चिली र अर्जेन्टीनाको केहि हिस्सा र दक्षिण प्रशांतको इलाकामा छाउनेछ । दक्षिण अमेरिकाका केेहि देशबाट आंशिक ग्रहण दिखिनेछ । सूर्य ग्रहण नेपालबाट भने देखिने छैन । यो सूर्यग्रहण नेपाली समय अनुसार रातको १० बजेर ४० मिनेटदेखि शुरु भएर ३ बजेर ३६ मिनेटमा सकिनेछ ।  नेपालमा यही असार ३१ गते चन्द्रग्रहण र पौष १० गते सूर्य ग्रहण लाग्दैछ ।

पौराणिक  ज्योतिष मान्यताका अनुसार ग्रहणको समयमा मानिसले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा यो समयमा केही काम गर्न वर्जित गरिएको छ । विशेषगरी गर्भवती महिलाले यस विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस किसिमका महिलाको लागि आफ्ना बच्चाको सुरक्षाको प्राथमिकता सबैभन्दा महत्वपूर्ण कुरा रहने गरेको छ ।

ग्रहणअघि सुतक लागेपछि यी कुराहरुमा ध्यान राख्नु जरुरी हुन्छ –

१. ग्रहणको समयमा गर्भवती महिलाले तरकारी काट्ने वा कपडा सिलाउनेजस्ता काम गर्नुहुँदैन । यस किसिमको कामले गर्भमा हुर्किँदै गरेको बच्चामा शारीरिक दोष हुने आशंका हुन्छ ।

२. सुतक कालमा खाना पकाउने, खाने, श्रृङ्गार गर्ने र सुत्न पनि वर्जित मानिएको छ ।

३. ग्रहण सकिएपछि गर्भवती महिलाले स्नान नगरे बच्चामा चर्मरोग देखिनसक्छ ।

४. ग्रहणको समयमा कुनै शुभ वा नवीन कार्य गर्नुहुँदैन । यो कार्य पूरा हुने सम्भावना कम हुन्छ ।

५. ग्रहणको समयमा आफ्ना आराध्य देवको नाम स्मरण गर्नु राम्रो मानिन्छ । यो क्रममा कुनै देवी–देवताको मूर्ति वा तस्वीर, तुलसी र शमीको बिरुवालाई छुनुहुँदैन ।

६. ग्रहण सकिएपछि स्नान गरेर स्वच्छ वस्त्र लगाउनुपर्छ । ग्रहणको समयमा लगाएको वस्त्र नुहाएपछि लगाउनु हुँदैन ।

७. पौराणिक मान्यताअनुसार ग्रहणको क्रममा अन्नको जति दाना खाइन्छ, त्यति वर्षसम्म व्यक्तिले नरकको कष्ट भोग्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ