arrow

नमूना विद्यालयको शिलन्यास

logo
कौरव खत्री,
प्रकाशित २०७६ असार १७ मंगलबार
galkot2.jpg

बाग्लुङ्ग। बाग्लुङ्गको एक विद्यालयले नमूना कार्यको थालनी गरेको छ । गलकोट नगरपालिका ३ हटियामा स्थित श्री गलकोट नमूना माध्यमिक विद्यालयले सोमवार १६ कोठे पक्की भवनको विद्यालयका संस्थापक,चन्दादाता,जग्गादाता लगायतले सामुहिक रुपमा एकै समयमा नँया बन्न लागेको भवनको शिलन्यास गरेका छन् ।

आर्थिक वर्ष २०७४ सालको नमुना विद्यालय निर्देशिका कार्यक्रम अन्तरर्गत ८६ करोड अनुदानमा उक्त भवन निर्माण कार्यको शुभारम्भ  गरिएको हो ।

नमुना विद्यालय निर्देशिका अन्तरर्गत देशभरका २ सय ४० वटा विद्यालय मध्येबाट छनोटमा पर्ने सफल गलकोट नमुना माध्यमिक विद्यालयको सिलन्यास कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नमुना माध्यमिक विद्यालय आफैमा एउटा उत्कृष्ट विद्यालय भएको बताए ।

साथै उनले गलकोट नमुना माध्यमिक विद्यालयले गलकोटका धेरै व्यक्तिहरुलाई विगत देखि वर्तमान सम्म उत्कृष्ट शिक्षा दिएको भन्दै गलकोट नमुना माध्यमिक विद्यालयमा अध्ययन गरेका व्यक्तिहरु देशको उच्च तहमा पुग्नु गौरवको विषय भएको बताए ।

साथै नगरप्रमुख गैरेले गलकोट नमुना माध्यमिक विद्यालयलाई शिक्षाको क्षेत्रमा अगाडी ल्याउनका लागि गलकोट नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।  

२००५ सालमा गलकोट नगरपालिका वडा नं ३ रजराको स्थानीय ठाँटीमा समाजसेवी तथा शिक्षाप्रेमीहरुको सक्रियतामा पठनपाठन सूरु गरि स्थापना गरिएको विद्यालय २००८ सालमा संस्थापक गणेश कुमार श्रेष्ठ श्याम प्रसाद शेरचन र डाक्टर राजमानसिंह श्रेष्ठको सक्रियतामा गौमुखी प्राथमिक विद्यालय बन्न सफल भएको थियो ।

त्यस्तै २०१७ सालमा गौमुखी मिडिल स्कुल हुदै २०२६ सालमा गलकोट माध्यमिक विद्यालयको नाममा परिचित भएर विद्यालयमा २०५३ सालदेखि कक्षा १२ सञ्चालन गरेको थियो । कक्षा ११ र १२ मा विज्ञान संकाय सुरु गरेपछि २०७० सालबाट प्राविधिक धारमा बाली विज्ञान र कृषि शिक्षा सुरु गरेको विद्यालयले जनाएको छ ।

बहुवर्षीय योजना अन्तरर्गत शुभारम्भ भएको विद्यालयको सिलन्यास कार्यक्रममा विद्यालयलाई अतुलनिय योगदान गर्ने विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. डा.राजमानसिंह शाक्यकी धर्मपत्नी याचुकुमारी शाक्य तथा उनका सुपुत्र एनआईडिसीका पूर्व जिएम तथा आरएन एसीका पूर्व अध्यक्ष डा.बालकृष्णमान सिंह शाक्य, संस्थापक सदस्य तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुलराज शर्मा, जग्गादाता दुर्गा प्रसाद श्रेष्ठ ÷बद्री कुमार श्रेष्ठ पुर्ण कुमारी शेरचन, जंग बहादुर श्रेष्ठ÷बिजु कुमारी श्रेष्ठ, विद्यालयका पुर्व प्रध्यानाध्यपक मोहनचन्द राजन जग्गादाता कर्ण बहादुर भण्डारी, संस्थापक तुल्सी प्रसाद श्रेष्ठ, नर बहादुर खत्री जगत बहादुर खत्री टंक भण्डारी, नर बहादुर भण्डारी, र वयोवृद्ध बम बहादुर बस्नेत लगायतलाई विद्यालयद्धारा फुलमाला र दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा, वडाअध्यक्ष विरजङ्ग भण्डारी लगायत विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, जनप्रतिनिधि, शिक्षक, अभिभावक, पत्रकार  लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर खत्रीले समग्र विद्यालयको गतिविधिबारे जानकारी गराउदै स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने  विद्यालयका सहायक प्रधानाध्यापक राम बहादुर खत्रीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ