arrow

रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगल पराजित

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
ronaldo.jpg.jpeg
काठमाडौं। रियाल मड्रिडका खेलाडी क्रिष्टियानो रोनाल्डोले पेनाल्टी खेर फाले पछि घरेलु मैदानमा पोर्चुगल बुल्गेरियासँग पराजित भएको छ। मैत्रीपूर्ण खेलमा पोर्चुगल बुल्गेरियासँग १–० ले पराजित भएको हो।घरेलु मैदानमा भएको खेलमा अधिकांश समय बल माथि नियत्रण राखेपनि गोल गर्न नसक्दा पोर्चुगल घरेलु दर्शकको अगाडी पराजय भोग्न बाध्य भएको हो। खेल सुरु भएको १९ औं मिनेटमा बुल्गेरियाको लागि आफ्नो पहिलो अन्तराष्ट्रिय खेल खेल्दै गरेका मार्सेलिनोले गोल गरेर पोर्चुगल विरुद्द बुल्गेरियालाई १-० को अग्रता दिलाएका थिए।
 
खेलमा दुवै तर्फबाट थप गोल हुन नसके पछि अन्तत सोही गोल बुल्गेरियालाई जितको लागि पर्याप्त भयो। खेलको ६७ औं मिनेटमा बुल्गेरियाका खेलाडीले डी- एरिया भित्र हातले बल छोए पछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो। जसमा क्रिश्चियानो रोनाल्डोले बललाई जाली चुमाउन सकेनन्। उनको शशक्त प्रहार गोल किपरले रोकेका थिए। उनले पेनाल्टीमा गोल गर्न नसकेको यो लगातार यो दोस्रो पटक हो। अर्को रोमाञ्चक मैत्रीपूर्ण खेलमा नेदरल्याण्ड फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित भयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ