arrow

सबैभन्दा महँगो सम्बन्ध विच्छेद : पाएको पैसामा आधाभन्दा बढी दान गर्दै मेकेन्जी

logo
प्रकाशित २०७६ असार १८ बुधबार
mackenzie-bezos.jpg

काठमाडौं । विश्वको सबैभन्दा धनी व्यक्ति तथा अमेजनका संस्थापक जेफ बेजोस र उनकी पत्नी मेकेन्जी बेजोसबीच सम्बन्धविच्छेद हुने भएको छ । २६ वर्षअघि यी दुवैको बीचमा विवाह भएको थियो ।

सम्बन्ध विच्छेदपछि मेकेन्जीले ३८ अर्ब डलर रकम पाउनेछिन् । यो विश्वको सबैभन्दा महँगो सम्बन्धविच्छेद मानिएको छ । बेजोस अमेजनका संस्थापक र सीईओ हुन् ।

लेखिका ४९ वर्षीया मेकेन्जी विश्वकी चौथी सबैभन्दा धनी महीला बन्नेछिन् ।  उनले यसअघि नै आफ्नो आधा सम्पत्ति दान गर्ने बताइसकेकी छिन् । मेकेन्जीले आफ्नो ३८ अर्बको सम्पत्ति आधा परोपकारी कामको लागि दान दिने निर्णय गरेकी छिन् ।

मेकेन्जीको सन् १९९३ मा जेफसँग विवाह भएको थियो । त्यसको एक वर्षपछि जेफले अमेजनको शुरु गरेका थिए । मेकेन्जीले आफूसँग दान गर्नका लागि उल्लेख्य सम्पत्ति रहेको भन्दै आफ्नो ढुकुटी खाली नहुन्जेलसम्म दान दिने क्रम जारी राख्ने उनले बताएकी छिन् ।

जेफ र मेकेन्जीका चार सन्तान छन् । गत अप्रिलमा उनीहरुले सम्बन्ध विच्छेद गर्ने फैसला गरेका थिए । ब्लूमवर्गको बिलिनियर्स इन्डेक्सका अनुसार आफ्नी पत्नीलाई ३८ अर्ब डलर दान गर्दा पनि जेफसँग ११८ अर्बको सम्पत्ति हुनेछ । उनी अझै पनि विश्वको सबैभन्दा धनी व्यक्ति बन्नेछन् ।

दान दिने आफ्नी पूर्वपत्नीको निर्णयको प्रशंसा गर्दै जेफले मेकेन्जीको निर्णय अद्भूत रहेको र यो विचार गर्नयोग्य रहेको बताएका छन् । यो परोपकारका लागि प्रभावकारी निर्णय रहेको उनको भनाइ छ । उनले आफूलाई पूर्वपत्नीप्रति गर्व रहेको पनि बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ