arrow

टि-२० क्रिकेट विश्वकप: वेष्टईण्डिज सेमीफाईनलमा, अफ्रिकाको भाग्य श्रीलंकाको हातमा

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
Cricket_WI_SA.jpg.jpeg
काठमाडौं। दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै वेष्टईण्डिजले टि-२० विश्वकप क्रिकेटको सेमीफाईनलको यात्रा तय गरेको छ। टस हारेर पहिले ब्याटीङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १२२ रन बनाएकोमा वेष्टईण्डिजले १९.४ ओभरमा ७ विकेटको क्षतीमा १२३ रन बनाउँदै जीत आफ्नो पोल्टामा पारेको थियो। 
 
श्रीलंकाले ईङल्याण्डलाई पराजित गर्नु पर्नेछ र आफुले श्रीलंकालाई पराजित गरे नेट रनरेटमा अघि रहे दक्षिण अफ्रिकाले सेमीफाईनल पुग्न पाउने छ। फर्ममा रहेको ईङल्याण्डलाई खराब खेलीरहेको श्रीलंकाले हराउन कठिन हुने छ।
आज हुने खेलमा श्रीलंका र ईङल्याण्डको खेलले दक्षिण अफ्रिकाको भाग्य निर्धारण गर्ने छ। राम्रो खेलिरहेको ईङल्याण्डले आफु सेमीफाईनलमा पुग्न कुनै कसर बाँकी राख्ने छैन्। अनिश्चितताको खेल क्रिकेटमा नतिजा जता पनि जान सक्छ। यदी नतिजा श्रीलंकाको पक्षमा गएमा दक्षीण अफ्रिका निश्चित रुपमा उत्साहित हुने छ। 
 
अंक तालिकामा तीन खेल खेलेर ४ अंक जोडेको ईङ्लयाण्डले आजको खेल जितेमा सोझै सेमीफाईनलको यात्रा गर्ने छ। ३ खेलमा २-२ अंक जोडेको दक्षीण अफ्रिका र श्रीलंकाले बाँकी खेल जितेमा नेट रनरेटका आधारमा दक्षीण अफ्रिकालाई फाईदा पुग्ने छ। 
 
समुह २ बाट न्युजिल्याण्डले सेमीफाईनलमा सीट सुरक्षित गरिसकेको छ भने भोलि हुने अष्ट्रेलिया र भारत बिचको खेलमा बिजयीले सेमीफाईनलको यात्रा तय गर्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ