arrow

नयाँदिल्लीमा १४ बर्षीया नेपाली बालिकामाथि प्रहरीकै छोराबाट करणी

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
rapist-indian.jpg

काठमाडौं । नेपाली बालिका बलात्कार गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

डोटी जिल्ला साहिल गाविस वडा नं.४ स्थायी घर भएकी नाम परिवर्तित श्यामबहादुर नेपालीकी छोरी आफूले काम गर्ने भारतको नयाँदिल्ली बी फोर्टी वान, छतरपुर एक्सटेन्सनमा आफ्नै मालिकको छोराबाट बलात्कृत भएकी थिइन् । 

दिल्ली पुलिसमा कार्यरत दलवीर सिंहका ३३ वर्षीय छोरा पंकज सिंहले गत असार १५ गते दिउँसो बलात्कार गरेको जनाइएको छ । निज पंकजका श्रीमतीसहित २ छोराछोरी पनि रहेका छन् । 

नेपाली जन सम्पर्क समिति र माइती ईण्डियाको संयुक्त टिमले मेहरौली थानामा पुगी आवश्यक एफआइआर दर्ता गरेको तथा मेडिकल जाँच सरकारी अस्पतालमा गरिएको र मेडिकल जाँचमा बलात्कार प्रमाणित भएको जनाइएको छ 

अदालतमा पनि पहिलो चरणको बयान भइसकेको र आवश्यक अन्य कारवाही तथा पीडितको न्यायको लागि बालकृष्ण पाण्डले प्रयास गरेको जनाइएको छ । 

पीडित बालिकाको शिक्षा तथा शिपमूलक तालिमको खर्च पाण्डेले जिम्मा लिएका छन् । दिल्ली पुलिसका सब इन्स्पेक्टरका छोरा भएकाले दोषीलाई बचाउन लागिरहेको अवस्थामा नेपाली दूतावास, भारतको विदेश मन्त्रालय, भारतीय गृह मन्त्रालय, नेपाली जन सम्पर्क समितिका पदाधिकारीहरुको सहयोग लिँदै पाण्डेको नेतृत्वमा दोषीलाई तीन दिनको अथक प्रयासपछि दोषीलाई नियन्त्रणमा लिन सफल भएको माइती इन्डियाकी सीता अधिकारीले जनाएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ