arrow

ट्रयाक्टरले किचेर एक बालकको घटनास्थलमै मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असार १९ बिहिबार
accident-final.jpeg

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ३ मौवा बजारमा ट्रयाक्टरले किचेर बुधबार बेलुका एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुम्बेवा २ का सुरेन्द्र खत्रीको ५ वर्षिय छोरा रिदम खत्री रहेका छन् ।

वालुवा लिएर आएको मे १ त ५४६० नम्बरको ट्रयाक्टरले किचेर उनको घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष कमल थापाले जानकारी दिए । 

ट्रयाकटर चालक मदन कार्कीलाई इलाका प्रहरी कार्यालय मौवाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ