arrow

प्रतिबन्ध फुकुवा पछिको खेलमा स्वारेजको गोल, ब्राजिल-उरुग्वे बराबरी

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
Suarez-Neymar.jpg.jpeg
एजेन्सी। दक्षिण अमेरिकी विश्वकप फुटबलको छनौट चरण अन्तर्गत  भएको खेलमा ब्राजिल र उरुग्वेले २-२ गोलको बराबरी खेलेका छन्। ब्राजिलको आफ्नो गृह मैदानमा भएको खेलमा अंक बाँड्दै ब्राजिल अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ भने उरुग्वे दोस्रो स्थानमा छ। 
 
विश्वकप २०१४मा ईटालीका खेलाडीलाई टोकेर ९ अन्तराष्ट्रिय खेलबाट प्रतिबन्ध लागेका लुईस स्वारेजले बराबरी गोल गर्दै आफ्नो पुनरागमनलाई पुष्टी गरेका थिए। उनले बार्सिलोनाबाट खेल्दा देखाएको फर्म कायम राख्दै आफ्नो राष्ट्रिय टोलीबाट महत्वपुर्ण गोल गरेका थिए।
 
खेलको पहिलो तीस मिनेटमा दबाव बनाएर खेलेको ब्राजिलले २ गोलको अग्रता लिएको थियो। डगलस कोष्टा र रेनाटो अग्स्टोले गोल गर्दै ब्राजिललाई २ गोलको अग्रता दिलाएका थिए। ब्राजिलको रक्षापंक्तीको कमजोरीको फाइदा उठाउँदै पहिलो हाफको अन्तिम मिेटमा एडिसन काभानीले गोल गर्दै २-१को स्थितीमा ल्याएका थिए।  दोस्रो हाफमा लुईस स्वारेजले गोल गर्दै खेल २-२को बराबरीमा पुर्‍याएका थिए।
 
विश्वकप छनौट चरणमा ईक्वेडर १३ अंक सहित पहिलो स्थानमा छ भने उरुग्वे १० अंककासाथ दोस्रो र ब्राजिल ८ अंककासाथ तेस्रो स्थानमा रहेको छ। पाराग्वे र अर्जेन्टिना पनि समान ८ अंककासाथ चौथो र पाँचौं स्थानमा रहेका छन्। सबै टोलीले समान ५-५ खेल खेलेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ