arrow

काठमाडौंमा पत्रकार मिनकुमारको एकल कबिता वाचन

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
min-kumar-shrestha.jpg

काठमाडौं । विराटनगरलाई कर्मक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार मिनकुमार नवोदित श्रेष्ठ काठमाडौँमा कविका रूपमा स्रोता दर्शक सामु प्रस्तुत भए ।

सास्कृतिक सस्थानले महिनाको तेस्रो बिहिबार आयोजना गर्दै आएको एकल कबिता वाचनको १५ औं श्रृंखलामा युवा कबि मिनकुमार नबोदित आफ्ना कवितामा खुलेर प्रस्तुत भए।

आमा र जून कविता सहित उनले विभिन्न रसमा लेखिएका १२ वटा कबिता उल्लेख्य पारखीहरूका बीचमा वाचन गरेका थिए ।

बरिष्ठ कवि प्राध्यापक डक्टर तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सासद खेम नेपाली, प्राज्ञ गङ्गा सुबेदीले कवि मिनकुमार काव्यिक व्यक्तित्व र कविताको बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा  कवि नबोदितलाइ कवि दिवसले सम्मान पत्रद्वारा सम्मान गर्नु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ