arrow

जनता भेट्दा गालामा म्वाइ खादै हिड्ने जनप्रतिनिधीलाई संसदले भने- सिन्को नभाच्ने विकास कसरी हुन्छ ?

logo
जीवन शर्मा,
प्रकाशित २०७६ असार २० शुक्रबार
gurung2.jpg

ओखलढुंगा । स्थानीय तहका जनप्रतिनिधीहरुलाई विकास निर्माणमा हुने भ्रष्टाचार जन्य गतिविधिमा सचेत रहन प्रदेश नम्बर १ का संसद अम्बिरबाबु गुरुङले निर्देशन दिएका छन् । शुक्रबार सिद्धिचरण नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधिहरु विकास निर्माण योजनामा हुने भ्रष्टाचारमा प्रत्येक्ष तथा परोक्षरुपमा संलग्न भएको पाइएको भन्दै यस्ता गतिविधि प्रति असन्तुष्टि जनाएका हुन् ।

उनले भने,‘विकास र समृद्धि चिप्ला भाषण गर्दै गालामा म्वाइ खाएर हिड्दैमा सम्भव हुँदैन ।’ कतिपय जनप्रतिनिधिहरुले विकासका चिल्ला भाषण गर्ने र भेट्दा गालामा म्वाइ खाने अनि विकास निर्माणमा सिन्को नभाच्ने अवस्था देखापरेको गुरुङको भनाइ छ ।

स्थानीय तहले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नै नबनाई बर्षैपिच्छे नयाँ नयाँ काम गर्ने भनेर बजेट माग गर्ने तर पुराना योजनाहरु सम्पन्न नगरि यथास्थितिमा छाड्ने प्रबृतिका कारण जिल्लाको विकास हुन नसक्ने सांसद गुरुङले बताए ।  स्थानीय,प्रदेश र संघिय तीनैतहको सरकार र जनप्रतिनिधिहरु विच समन्वय सहकार्य बाट मात्र नगरको विकास हुँने भन्दै उनले नगरपालिकाकले चुनाबमा पराजित प्रमुख प्रतिपक्षलाई समेत नगर विकासका हरेक गतिविधिमा संग संगै लैजान आग्रह गरे ।

 ‘अव भाषणले मात्र विकास हुँदैन उनले भने, ‘विकास गर्नका लागि योजना चाहिन्छ अनि सबै तहका सरकार र जनप्रतिनिधिहरु विचको समन्वय आवश्यक पर्छ ।’

हरेक स्थानीय तहमा जनप्रतिनिधिहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, विना योजना बजेटहरु जथाभावि खर्च गरिएका गुनासाहरु आइरहेकोले त्यसलाई सुझवका रुपमा लिएर आगामी दिनमा सबै योजनाको डिपीआर तयार गरी आगाडी बढ्न नगरपालिकाका सबै जनप्रतिनिधिलाई निर्देशन समेत दिए ।

स्थानीय तहले डिपीआर तयार गरी बजेट माग गर्न आए आफुले करोडौ रकम ल्याउन पहल गर्ने भन्दै उनले विना डिपीआर र विना योजना कसैलाई सहयोग गर्न नसक्ने बताए । स्थानीय सरहकारका प्रमुख आफै निति निर्माण तहमा भएकाले सबै चुनावका कतिपय तिक्तता विर्सेर जनताको भावना समेट्ने गरी योजता तथा बजेट निर्माण गर्ने लगायतका निर्णय गर्न सिद्धिचरण नगरपालिका प्रमुख लाई सुझाव दिए ।

विकास निर्माणका क्रममा कतिपय योजनाहरुको ठेक्का ५० प्रतिशत सम्म घटेर संझौता गर्ने, उपभोक्ता समिति र कर्मचारी संग मिलेर गुणस्तरहिन काम गर्ने, असार लागेपछि योजना संझैता गरि विकासलाई टुक्रयाएर धेरै ठेकेदारलाई बाडेर बजेट सक्ने काममा जनप्रतिनिधिहरु लागिपरेको समेत उनले आरोप लागाए ।

जनताले विकास र समृद्धिको सपना पुरा गर्न विश्वास गरेर पठाएका जनप्रतिनिधिहरुले नै कर्मचारी इन्ज्नियरसंग मिलेर भ्रष्टाचार जन्य गतिविधिलाइ बढावा दिदा नागरिकको अपेक्षा पुरा नहुँने उनको तर्क छ । कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुमा कुरा पनि नबुझ्ने अनि समन्वय सहकार्य पनि नगर्ने प्रबृद्धिको विकास हुँदै जादा सिंगो गाउपालिकाको विकास र नागरिकको समृद्धिमा ठेस पुगेको संसद गुरुङले बताए ।

 नगरवासीको चाहाना र आवश्यक्ता अनुसार नगर पालिका प्रमुख उपप्रमुख लगायत सबै वडाका जनप्रतिनिधिहरु विच समन्वय तथा सहकार्यका विकास योजना निर्माण गर्ने र प्रदेश सरकारसंग आवश्यक बजेट माग गर्न आग्रह गर्दै गुरुङले नगरको विकास र समृद्धिमा मेयरका प्रतिष्पर्धिलाई समेत संगसंगै लैजान आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ