arrow

काठमाडौं महानगरका उपमेयरलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
hariprabha.JPG

काठमाडौं। काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ ।

बिहीबार राति हृदयघात भएपछि अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको महानगरपालिकाका १६ नं वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए ।

खड्गीका सहयोगीहरुका अनुसार उनको स्वास्थ्य सुधार हुने क्रममा रहेको छ। बिहीबार राती उनलाई हृदयघात पछि अस्पताल पुर्याइएको हो। उनलाई २४ घण्टासम्म चिकित्सकहरुको निगरानीमा रहनुपर्ने र अस्पतालमा बस्दा मुटु सम्बन्धी थप स्वास्थ्य परीक्षण गर्नुपर्ने खड्गीका सहयोगीहरुले बताएका छन् । 

उनी अहिले सामान्य बोलचाल गर्न सक्ने अवस्थामा छिन् । कामकाे दबाबका कारणले उनी केही समयदेखि तनाबको अवस्थामा थिइन् । 

  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ