arrow

वालिङ महोत्सवको ३३ लाख नाफा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ असार २१ शनिबार
waling-expo.jpg

स्याङ्जा। गत बर्षको माघमा गरिएको सातौ वालिङ महोत्सवको आयव्याय सार्वजनिक गरिएको छ। करिव ६ महिना पछाडी गरिएको महोत्सवबाट ३३ लाख ९५ हजार १ सय ६९ रुपैया नाफा भएको आयव्याय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

महोत्सव सकिएको एक महिना भित्रमा आयव्याय सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको वाणिज्य संघले बल्ल सार्वजनिक गर्ने मौका पाएको छ। आन्तरिक राजस्व कार्यालय, प्रायोजकहरुको रकम ढिला र केही आयोजकले रकम फछ्र्यौटमा ढिला गरेका कारण आयव्याय सार्वजनिकमा ढिलाई हुन पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो। 

माघ १७ गते देखि २८ गते सम्म संचालन हुने गरी आयोजना गरीएको सातौ महोत्सवमा १ करोड ७९ लाख ९५ हजार ८ सय ७ आम्दानी भएको छ भने १ करोड ४६ लाख ६ सय ३८ रकम खर्च भएको छ। जसबाट ३३ लाख ९५ लाख १ सय ६९ रुपैया वचत भएको पत्रकार सम्मेलनमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए।

महोत्सव शुरु हुनुभन्दा अगावै आयोजकले २ करोड १० लाख आम्दानी र १ करोड ५० लाख ५१ हजार खर्च भई ६० लाख वचत गर्ने अनुमानित बजेट सहित लक्ष्य राखेको थियो। तर आयोजकले वचतमा अनुमानित गरे भन्दा ४५ प्रतिशत कम नाफा गर्न सफल भएको देखाएको छ।

महोत्सवमा भएको खर्चमा सबै भन्दा बढी खर्च कलाकार व्यवस्थापनमा भएको देखाएको छ। १५ लाख अनुमान गरेको आयोजकले झण्डै १० लाख भन्दा बढी कलाकार व्यवस्थापनमा खर्च भएको छ। त्यस्तै प्रचार प्रसारमा ६ लाख अनुमान गरेकोमा दुई तिहाई खर्च भएको देखाएको छ। अतिथि सत्कार, खाँजानास्ता, आँधीखोलामा निर्माण गरिएको जलासय कृतिम ताल, लगायतका अधिकांश विषयमा आयोजकले अनुमान गरेको भन्दा बढी खर्च भएका कारण आयोजकले लक्ष्य अनुसारको रकम बचाउन नसकेको आयोजकले स्विकारेको छ।

आयोजकमा वित्तिय अनुसाशन नहुदा खर्च बढेको हुन सक्ने अनुमान सरोकारवालाहरुको रहेको छ। आयव्याय सार्वजनिक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य चोपनारायण श्रेष्ठले संघले महोत्सव आयोजना गरेर वालिङको सामाजिक, आर्थिक, पर्यटन र कृषिको प्रचारप्रसारमा ठुलो टेवा पुगेको बताए। आगामी दिनहरुमा पनि यस्ता खालका महोत्सवले वालिङको मुहार फेरिनेमा आफु विश्वस्त रहेको बताए। 
कार्यक्रममा पुर्व अध्यक्ष ले.यामबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, उपाध्यक्ष गिरमान गुरुङ्, कोषाध्यक्ष तारा श्रेष्ठ र महासचिव केशरबहादुर खाँण(ध्रुव) लगायतका बक्ताहरुले हरेक महोत्सवले नयाँ नयाँ सिकाउने हुदा सिक्दै जाने र सुधार्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए। संघका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले पत्रकारहरुले उठाएको जिज्ञासालाई मेटाएका थिए। संघले सार्वजनिक गरेको आयव्यायले आगामी आठौ महोत्सवलाई चुनौती थपिदिएको पत्रकारहरुले सुझाव दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ