arrow

नेकपा पार्टी परित्याग गरी डेढ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७६ असार २१ शनिबार
congress-phidim.JPG

पाँचथर। नेपाल कम्यूनिष्ट पार्टी परित्याग गरेर पाँचथरको फिदिम नगरपालिका वडा नम्वर १० का डेण दर्जन नेता-कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्।

नेकपा पार्टीबाट असन्तुष्ट भएका उनीहरुलाई नेपाली कांग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगु, क्षेत्रिय सदस्य तथा वडाअध्यक्ष विरहाङमा थाम्सुहाङ, फिदिम १० का नेपाली कांग्रेस सभापति लिलाराम जवेगु लगायतले शुक्रबार खलंगटामार आयोजित एक कार्यक्रमकाबीच अविर, खादा र टिकट कटाएर पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश गर्नेहरुमा १७ जना नेकपाका र एक जना राप्रपाका कार्यकर्ता रहेको बताइएको छ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपाका साविक इलाका इन्चार्ज चहकमान लोहार, अन्य कार्यर्ताहरु देवी प्रसाद लोहार, जीवन रुचाल, विवश थाम्सुहाङ, थोक्पु थाम्सुहाङ, बिष्णु कुमार थाम्सुहाङ, हेम महरा, रुद्र लोहार, मिलन लोहार, खड्क बहादुर महरा, जंग ब तेम्बकु, बुद्ध थाम्सुहाङ, गोपाल सिंङ दर्जी, कान्छा लिम्बू, दुर्गा प्रसाद हाङसरुम्बा, दिपेन्द्र खजुम र विनोद थाम्सुहाङ रहेका छन्। राप्रपा बाट हर्क्सिंङ थाम्सुहाङ हुन्।

पार्टी प्रवेश कार्यक्रम पछि बोल्दै उनीहरुले नेकपा पाटीले आफूहरुलाई सहयोग नगरेको भन्दै कांग्रेसमा प्रवेश गरेको बताएका थिए। नेकपाबाट कांग्रेस पार्टीमा प्रवेश गरेका चहकमान लोहारले कार्यक्रममा बोल्दै नेकपा पार्टी झुटको राजनीती गर्ने तर नेपाली कांग्रेसले जे बोल्छ त्यो गर्ने भएको हुँदा पनि आफूहरु कांग्रेस पार्टीमा प्रवेश गरेको बताए।

कार्यक्रममा नेपाली कांग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगुले नेकपा पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका उनीहरुलाई पार्टीमा पनि मूल्यांकन गरी भूमिका निर्वाह गर्ने गरी उचित ठाउँ दिने बताए।

नेकपा लगायतका पार्टीले जहिल्यै भ्रम फैलाएर जनतालाई झुठो आश्वासन मात्रै दिने गरेको तर ऐतिहासिक र विकाशील पाटी नेपाली कांग्रेसको सिद्धान्त, विचार, ब्यवहार मन पराएर उनीहरु कांग्रेस पार्टीमा प्रवेश गरेको बताए। कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सदस्य तथा वडाअध्यक्ष थाम्सुहाङ, वडा नम्बर १० का पार्टी सभापति लिलाराम जवेगु, कांग्रेसका नेता लोक प्रसाद जवेगु, काग्रेसमा नवप्रवेशीहरु चहकमान लोहार, हेम महरा, दिपेन्द्र खजुम, थोम्पु थाम्सुहाङ, विष्णु कुमार थाम्सुहाङ, निरा राई जवेगु, कान्छा लावती लगायतले मनतब्य ब्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ