arrow

धनकुटामा महिला जनप्रतिनिधि र अग्रज महिला नेताहरु सबै सम्मानित

logo
प्रकाशित २०७६ असार २२ आइतबार
congress-women-leaders.JPG

धनकुटा । धनकुटामा उत्कृष्ठ कार्य सम्मापदन गर्ने महिला जनप्रतिनिधिहरु र अग्रज महिला नेताहरु आइतबार सम्माननित भएका छन् । उत्कृष्ठ जनप्रतिनिधिको रपमा काम गरेको भन्दै धनकुटा नगरपालिकामा  ५ जना महिला जनप्रतिनिधिहरुलाई नेपाल महिलमा संघ धनकुटाले विशेष  समारोहका साथ पूर्व अध्यक्ष सहित सम्मान तथा पुरस्कृत गरेको छ ।

धनकुटा नगरपालिका जननिर्वाचित प्रतिनिधिहरु वडा नं. ४ का निर्वाचित सदस्य दुर्गा अधिकारी, वडा नं. ५ का निर्वाचिन सदस्यहरु सिता श्रेष्ठ,अम्विका परियार,वडा नं. ६ का निर्वाचित सदस्यहरु हिरा देवी राई र मुना रम्तेल लाई उत्कृष्ठ काम गरेको भन्दै सम्मान गरेको छ । 

त्यस्तै नेपाल महिला संघ धनकुटका पूर्व अध्यक्षहरु बिमला श्रेष्ठ, अम्विका राईलाई संगठन विस्तारमा विगतमा महत्वपूर्ण योगदान दिएकोमा र नेपाल महिला संघका सदस्य तथा वडा नं. ७ का सहसचिव तथा सुरिलो स्वरकी धनी गीता श्रेष्ठलाई  र नेपाल प्रेस युनियन धनकुटाकी अध्यक्ष हिमा चम्जोगलाई नेपाल महिला संघ धनकुटाले सम्मान  गरेको हो ।

सम्मानित हुनेहरुलाई १ नम्वर प्रदेश सभाका सदस्य सासंद तथा नेपाल महिला संघ धनकुटाकी अध्यक्ष लिला सुब्बा, नेपाली कांग्रेस धनकुटका सचिव तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष अम्विका धमला, नगर अध्यक्ष निरुपा राईले दोसल्सा, खादा टिकाई लगाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका हुन् । 

यसैगरी सोही समारोहमा नेपाल महिला संघको कार्यक्रमहरु सफल बनाउन महत्वपूर्र्ण सहयोग गरी क्रियाशिल हुने महिला संघका सदस्यहरु मन्दिरा भट्राई, हिरा थापा, कमला ठकुरी, मेनुका मिश्रलाई पुस्कार प्रदान गरेको छ । 

यस्तैगरी हालै निर्वाचित नेपाली महिला संघ धनकुटा नगरका वडा अध्यक्षहरु क्रमश वडा नं १ अध्यक्ष मेनुका शाही, वडा नं. २ अध्यक्ष् निर्मला दर्नाल, वडा नं. ३ अध्यक्ष हिरा थापा, उपाध्यक्ष भावना ढुंगेल, वडा नं. ४ अध्यक्ष पूर्णमाया राई, वडा नं. ५ अध्यक्ष रेणु कार्की प्रधान, वडा नं. ६ अध्यक्ष कुसम श्रेष्ठ, वडा नं. ७ अध्यक्ष राधा तिम्सिना, वडा नं. ८ अध्यक्ष श्यामश्वरी राईलाई खादा माला तथा टिकाई लगाई दिई  अभिनन्दन गर्दै बधाई ज्ञापन गरिएको थियो ।

नेपाल महिला संघ धनकुटका अध्यक्ष लिला सुब्बाको अध्यक्षतामा सम्पन्न भएको सम्मान, पुरस्कार वितरण तथा बधाई कार्यक्रममा प्रमुख अथिति, अथिति, सम्मानित, अभिनन्दित र पुरस्कृत व्यक्तित्वहरुका साथ नेपाली कांग्रेस धनकुटा सदस्य सुमना तिम्सिना, धनकुटा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट उपमेयरका प्रत्याशी रेणु श्रेष्ठ , नेपाल महिला संघ धनकुटाकी सचिव चन्द्रकला मगर लगायतले महिलाहरुको क्षमता विकासका साथ समान अधिकार र समान सम्मान आवाश्यक रहेको बताए ।  

कार्यक्रममा स्वागत मन्तव्य नेपाल महिला संघ धनकुटा नगर कार्यसमिति अध्यक्ष निरुपा राईले गरेको र कार्यक्रमको संचालन उपाध्यक्ष अम्बिका धमलाले गरेकी थिइन् । 

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य रविन्द्र नेपाली लगायत नेपाल महिला संघ धनकुटा जिल्ला तथा नगर,वडा कार्यसमितिहरुका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ