arrow

राजेश खन्ना र शशि कपूरको यादमा डुवे अमिताभ

logo
प्रकाशित २०७६ असार २२ आइतबार
amitab-rajesh.jpg

काठमाडौं । अमिताभ बच्चनलाई धेरै दिनको शुटिङपछि एक दिन छुट्टी मिलेको थियो । त्यतिबेला उनी पुराना यादमा डुवेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना केही पुराना तस्वीर पोस्ट गरेका छन् ।

अमिताभ बच्चनले ब्रेकको समयमा यस किसिमको यादमा आफू हराउन पुगेको उल्लेख गरेका छन् । आफ्नो शुरुवाती दिनमा अमिताभ बच्चनले राजेश खन्नासँग केही फिल्ममा काम गरेका थिए । जसमा नमक हराम र आनन्द पनि रहेका छन् । त्यतिबेला यी फिल्महरु हिट साबित भएका थिए ।

अमिताभले शशि कपूरसँग करीब १२ फिल्ममा काम गरेका थिए । पहिलोपटक दुवैले मकान फिल्ममा काम गरेका थिए । शशि कपूर अमिताभ बच्चनभन्दा ४ वर्ष जेठा थिए । तर, उनको कदको कारण निर्देशकले अमिताभलाई दाजुको भूमिका दिने गरेका थिए ।

अहिले अमिताभ इमरान हस्मीसँग मिस्ट्री–थ्रिलर फिल्म चेहरेको शुटिङमा व्यस्त छन् । चेहरेका साथै उनी ब्रह्मास्त्रमा पनि देखिनेछन् । त्यसका साथै उनको तेलुगु फिल्मको पनि शुटिङ चलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ