arrow

सरकारले कसैको दबाबमा जनतालाई विष खुवाइरहेको आरोप

विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न माग

logo
प्रकाशित २०७६ असार २२ आइतबार
parliament_of_nepal.png

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारको ध्यानाकर्षण भएको छ । सरकारले केही दिन पहिले भारतबाट आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण गरी विषादीयुक्त भएको प्रमाणित गरेको थियो ।    

बैठकमा सांसदहरुले भारतीय दूतावासको दबाबपछि विषादीयुक्त फलफूल तथा तरकारी आयात खुला गरेको आरोप लगाएका थिए ।

 बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दबाबमा जनतालाई विष खुवाइरहेको आरोप लगाए ।

सांसद गौरीशङ्कर चौधरीले भारतबाट आयात भइरहेको फलफूल तथा तरकारीको आयात रोक्न आग्रह गरे।

अर्का सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलफूल तथा तरकारीको विषादी परीक्षण गर्न सरकारको ध्यानाकर्षण गरिन् ।

 सांसद अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको जुगल र सुनकोशी गाउँपालिकामा पहिरोले जनधनको क्षति पुगेकाले घाइतेको शीघ्र उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे। उनले माथिल्लो भोटेकोशी नदी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरे।

सांसद कृष्णप्रसाद दाहालले वातावरण खराब हुनेगरी बाटोघाटोको निर्माण कार्य रोक्नुपर्ने, कृष्णबहादुर राईले विश्वसम्पदा सूची मरुभूमिकरण बन्दै गएको, उमा रेग्मीले सुझबुझविना सरकारले विधेयक ल्याउने गरेको, कृष्णभक्त पोखरेलले राजमार्गमा यातायातका साधन रोकी यातायात कर उठाउने कार्य अवैज्ञानिक भएको, खेमप्रसाद लोहनीले सीतापाइला धार्के सडकको तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ