arrow

तीन जनाबाट सुरु भएको अमेजनको २५ वर्ष : २५ हजारभन्दा बढी बने करोडपति

logo
प्रकाशित २०७६ असार २३ सोमबार
jeff-bezos-amazon.jpg

काठमाडौं । अनलाइन व्यापारको लागि चिनिएको अमेजनले जुलाई ५ मा आफ्नो २५ वर्ष पूरा गरेको छ । यो यात्रामा अमेजन १० खर्ब अमेरिकी डलरको कम्पनी बनेको छ । अमेजन यो आँकडा पार गर्ने दोस्रो सबैभन्दा ठूलो कम्पनी हो । यसका संस्थापक जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् ।

तीन जना मानिसको साथ जुलाई १९९४ मा अमेजन शुरु भएको थियो । अहिले यो कम्पनीमा साढे ६ लाख कर्मचारीले काम गर्छन् । यो धेरै कर्मचारीलाई रोजगारी दिने सबैभन्दा ठूलो अमेरिकी कम्पनी हो ।
 
सन् १९९७ मा पहिलोपटक सार्वजनिक कम्पनी बन्दा यसको शेयर प्रतिकित्ता १ डलर ९६ सेन्ट थियो । अहिले यसको शेयर ९९१ गुणा बढेर प्रतिकित्ता १ हजार ९ सय ४२ डलर ९१ सेन्ट पुगेको छ । अमेजनमा सामग्री बिक्री गर्ने २५ हजारभन्दा बढी बिक्रेता अहिले करोडपति बनिसकेका छन् ।

अमेजन अहिले अनलाइन व्यापार, इन्टरनेट, क्लाउड कम्प्युटिङ, भिडियो स्ट्रिमिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा विश्वको सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो ।
 
टाइम्स म्यागाजिनले सन् १९९९ मा जेफ बेजोसलाई पर्सन अफ द इयर र द किंङ अफ साइबर कमर्सको उपाधि दिएको थियो । ३५ वर्षको उमेरमा यो पुरस्कार पाउने बेजोस चौथो सबैभन्दा युवा व्यक्ति बनेका थिए ।

बेजोसले ग्राहकको सन्तुष्टिको मूल मन्त्रामा लगातार काम गर्दै आएका छन् । त्यसका लागि उनले केही नयाँ प्रयोग पनि गरेका छन् । अनलाइन व्यापारमा अमेजन कम्पनीको समग्र बजारमा ४५ प्रतिशतको हिस्साको साथमा सबैभन्दा अगाडि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ