arrow

सामूहिक करणीको मुद्दामा १२ वर्ष कैद

logo
प्रकाशित २०७६ असार २४ मंगलबार

लमही । दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२–१२ वर्ष कैद फैसला गरेको छ ।

अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२–१२ वर्ष कैद फैसला सुनाएको हो ।     
     
उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२–१२ वर्ष कैद र पीडितलाई दुवैबाट रु ५०–५० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ ।

विसं २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए । फरार दुवैलाई विसं २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ