arrow

ढोरपाटनमा सिकार गर्दै विदेशी

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
Dhorpatan.jpg.jpeg
बागलुङ। आगामी वैशाखदेखि यस वर्षको दोस्रो सिकार याम चल्ने हुँदा विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न ढोरपाटन सिकार आरक्ष पुगेका छन् । यो यामका लागि ११ नाउर र छ झारलको सिकार गरिनेछ । सिकारका लागि नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि, ट्रयाक एन्ड टेल्र्स प्रालि र ओपन नेपाल वाइल्ड लाइफ सफारी मार्फत सिकारी आएको कार्यालयका सहायक संरक्षण अधिकृत पशुपति अधिकारीले जानकारी दिए । 
 
अमेरिका, जर्मनी, स्पेन, दक्षिण अमेरिका र नर्वेबाट सिकारी ढोरपाटन आउने गरेको ग्लोबल सफारी प्रालिका शम्शेर पराजुलीले बताए  । सबैजसो सिकारी हेलिकप्टर मार्फत आरक्ष पुगेर गरेका छन् । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लक गरी छ ब्लगमा दोस्रो यामका लागि सिकार अनुमति दिइएको छ । सुनदह अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो हुने हुँदा सिकारीलाई त्यहाँ पुग्न कठिन हुने गरेको बताइन्छ । 
 
बोलपत्र आह्वान गरेर सो यामका लागि सिकारको दरबन्दी र राजस्व दर निर्धारण गरिएको हो । सिकारका लागि प्रतिस्पर्धा नभएपछि सो याममा नाउर र झारल सिकारको राजस्वको दर घटेको छ । एउटा नाउर र झारलको सिकार बापत रु डेढदेखि दुई लाखसम्म राजस्व कायम गरिएको छ । गत वर्ष अधिकतम रु पाँच लाख ५५ हजार र न्यूनतम एक लाख ४६ हजार तथा झारलको अधिकतम रु छ लाख ४६ हजार र न्यूनतम एक लाख आठ हजार दर कायम गरिएको थियो । 
 
आरक्षले सिकारबाट बर्सेनि करिब रु एक करोड राजस्व उठाउने गरेको छ । ढोरपाटनमा सिकारका लागि असोजदेखि मङ्सिरसम्म पहिलो याम र फागुनदेखि वैशाखसम्म दोस्रो याम खुला हुने गर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ