arrow

सामसुङ र हुवावेईलाई चुनौती दिने स्मार्टफोन ल्याउँदै सोनी

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
sony1.jpg

काठमाडौं  । अहिले सामसुङको पट्याउन मिल्ने किसिमको स्मार्टफोनको विषयमा विभिन्न किसिमको विवाद देखिएको छ । साथै हुवावेईले पनि आफ्नो पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने मिति पर सारेको छ । यस्तोमा अन्य प्रविधि कम्पनीले पनि यस विषयमा काम शुरु गरेका छन् ।

एक प्रतिवेदनले जापानको प्रविधि कम्पनी सोनीले सामसुङ तथा हुवावेईलाई चुनौती दिनका फोल्डिङ स्क्रिन भएको डिभाइस ल्याउने तयारी गरिरहेको देखाएको छ । टेक जर्नलिस्ट म्याक्स जेकेले शेयर गरेको ट्वीटमा सोनीले निर्माण गरिरहेको डिभाइस सिम्पल फोल्डिङ स्क्रिनको तुलनामा रोलेबल स्क्रिन हुनसक्ने बताइएको छ ।

ट्वीटका अनुसार सोनीको पट्याउन मिल्ने स्मार्टफोनमा एलडी डिस्प्ले, एसएम७२५० प्रोसेसर र ३२२० एमएएचको ब्याट्रि र १० एक्सको क्यामेरा जुम हुनेछ । तर, यसको अन्तिम रुपमा भने स्न्यापड्र्यागन ८५५ प्रोसेसरको साथमा फाइभजी कनेक्टिभीका लागि क्वालकोम एक्स५० मोडेम पनि उपलब्ध हुनेछ । यसलाई सन् २०२० को डिसेम्बर सम्म बजारमा सार्वजनिक गरिने अनुमान गरिएको छ ।

सोनीले रोलेबल डिस्प्ले भएको स्मार्टफोनका लागि केही समयअघि देखि नै काम शुरु गरेको थियो । यस किसिमको डिस्प्लेको लागि प्रयास गर्ने यो पहिलो कम्पनी भने होइन । यसअघि सन् २०१६ मा सामसुङले रोल हुने स्क्रिन तयार पारेको थियो । तर, अहिलेसम्म त्यसलाई बजारमा भने सार्वजनिक गरिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ