arrow

१५ वर्षअघि छोरा अभिषेकलाई दिएको अवार्ड हेर्दै भावुक बन्छन् अमिताभ

पितापछि पुत्रलाई नै अवार्ड जाने भन्दै दिएका थिए अवार्ड

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
relationship-between-amitabh-and-abhishek1.jpg

काठमाडौं । सामाजिक सञ्जालमा भारतीय अभिनेता अमिताभ बच्चन अहिले निकै लोकप्रिय छन् । उनको ट्वीटरमा फलोअर्स पनि धेरै छन् भने उनी सामाजिक सञ्जालमा उत्तिकै सक्रीय रहने गरेका छन् ।

धेरैपटक फ्यानहरुले उनका पुराना भिडियो ट्याग गरेर शेयर गर्ने गरेका छन् । यसै क्रममा उनी निकै भावुक पनि हुने गरेका छन् । एकपटक फेरि त्यस्तै घटना दोहोरिएको छ । सन् २००४ को फिल्मफेयर बेस्ट सर्पोटिङ एक्टरको अवार्ड अभिषेक बच्चनलाई दिइएको थियो । त्यतिबेला उनले नाम घोषणा हुने बित्तिकै अभिषेक आफ्ना पिता अमिताभसँग अंकमाल गर्छन् । त्यसपछि उनले आमा भएको स्थानमा पुग्छन् । भिडियोमा अमर सिंह पनि देखिन्छन् ।

स्टेजमा अवार्ड लिन अभिषेकले आफ्ना पितालाई पनि लैजान्छन् । स्टेजमा अभिषेकले आफूले यो अवार्ड लिन नसक्ने बताउँछन् । उनले यो धर्तीमा अमिताभ बच्चनको जस्तो भूमिका कसैले पनि निभाउन नसक्ने भन्दै आफ्नो अवार्ड आफ्ना पिताको लागि भएको बताउँछन् ।

त्यसको जवाफमा अमिताभ बच्चन भारतीय परिवारमा पितापछि पुत्रलाई नै यो अवार्ड जाने भन्दै अवार्ड छोरालाई दिन्छन् । यो भिडियो शेयर गरेकोमा धन्यावाद दिँदै अमिताभले आफूलाई यसले भावुक बनाएको उल्लेख गरेका छन् ।

अहिले अमिताभ गुलाबो सिताबो र चेहरा फिल्मको कारण चर्चामा छन् । फिल्म चेहरामा अमिताभ बच्चन इमरान हाशमीसँग देखिनेछन् । यसको शुटिङ सकिइसकेको छ । अहिले भने उनी गुलाबो सिताबोको शुटिङमा व्यस्त छन् ।  यो फिल्ममा उनका साथै आयुष्मान खुराना पनि देखिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ