arrow

सामाजिक संजालमा अनेरास्ववियूका तामाङ र नेविसंघका भट्टको भिडन्त

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
facebook.jpg

काठमाडौं । नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ र नेविसंघका निवर्तमान केन्द्रिय सदस्य शुशिल भट्ट बिच विषादियुक्त तरकारीका विषयले सामाजिक संजालमा नै भिडन्त परेको छ ।

तामाङले विषाक्त तरकारी तथा फलफूल चेकजाँच नगर्ने सरकारी निर्णयको बिरुद्धमा आन्दोलनमा रहेको नेविसंघललाई सामाजिक संजाल मार्फत कटाक्ष गरेका छन ।

‘नेविसंघ अझै रहेछ । आज मंगलबार त्रिचन्द्र कलेज (घण्टाघर अगाडि २०-२५ जना तरकारी बोकेर नारा उराल्दै गरेका । सिमसिमे वर्षा झरीबीच सानो छेस्कोमा खुम्चिएको रुमाल जत्रो दुईवटा झण्डा बोकेका । खुसी लाग्यो नेविसंघ अझै रहेछ,’ तामाङले फेसबुक वालमा लेखेका छन ।

यस्तै उनलाई जवाफ दिंदै नेविसंघ केन्द्रिय सदस्य भट्टले,      ‘नेकपाका रञ्जितहरुको लिंग के होला लौन कसैलाई जानकारी भए ज्ञात होस् । बीष खानेबानी परेकाहरुलाई लिंगको के मतलब, जे होस् लिंग जे भएपनि लाज नेबिसंघले छोपिदिएको छ ।’ भनि लेखेका छन ।

भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध नेविसंघले चरणबद्ध आन्दोलन नै घोषणा गरेको छ । आन्दोलन अन्तर्गत प्रधानमन्त्री केपी ओलीलाई मंगलबार मात्रै नेविसंघले विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ