arrow

बोलाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिद्धारा ससुरा र ठूलोबुबाको चिर्पटले हानेर हत्या

logo
प्रकाशित २०७६ असार २५ बुधबार
chirpat1.jpg

अछाम । मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा मंगलबार राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ ।     
     
स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन् ।     
     
उनले राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक प्रहार गरेका थिए । 

मृतक ससुरा छोरीको घरमा गएका बेला उक्त घटना घटेको हो । आक्रमण गर्ने क्रममा उनकै श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट गर्न थालेपछि उनी भागेर ज्यान बचाउन सफल भएकी छिन् ।     
     
अहिले घटनास्थलमा अछाम जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ । फरार पिरमकुमारको खोजीकार्य र घटनाको मुचुल्का उठाउने काम भइरहेको छ । 

पिरमकुमार बोलाइ सम्बन्धी अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ