- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । बर्खामास लागेपछि सडकखण्डहरुमा सवारीलाई सास्ती भएको छ । यस्तै सास्ती तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा–कोत्रे सडकखण्डको हलेदीमा पनि भएको छ ।
त्यहाँ भत्किएको राजमार्गमा जमेको पानीमा सवारीसाधनलाई गुड्न सास्ती भएको छ । वर्षायाम शुरु भइसक्दा पनि राजमार्गको सडक मर्मत नहुँदा यातायातका साधनहरुलाई आवत–जावतमा कठिनाइ भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन वर्षा भइरहेको जनाइरहेकाले उक्त क्षेत्रमा सर्वसाधारणलाई असहज हुने पक्का छ ।