arrow

झुट्टो सरकारको रीस संसदमा, संसद खुल्ने सम्भावना न्यून  

लोकतन्त्र बचाउने नाममा गोली हानेको बताउने गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न

logo
प्रकाशित २०७६ असार २५ बुधबार
sanghiya-samsad.png

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेका लागि डाकेका छन् । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल राजपाले सर्लाही घटनाको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै मंगलबार गरेको संसद अवरोधले बैठक बस्न नसकेपछि बुधबार दिउँसोका लागि डाकेका हुन् । 

प्रतिपक्षी दलका सांसदहरुले सर्लाहीमा असार ५ गते कुमार पौडेल र असार १४ गते सरोजनारायण सिंहको हत्या भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न संसदीय समिति गठनको माग गर्दै संसद अवरोध गरेका हुन् ।

मंगलबारको बैठकको सुरुमै कांग्रेस सांसद पुष्पा भुषाल र राजपा सांसद राजकिशोर यादवले सभामुखसँग समय मागेर सर्लाहीमा भएको हत्या घटनाबारे गृहमन्त्रीको जवाफ मागेका थिए ।

त्यसपछि बोल्न आएका गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीमा कुमार पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो भिडन्तमै भएको बताए । उनले प्रहरीमाथि गोली हान्न खोज्दा जवाफी फायरिङमा पौडेल मारिएको दावी पनि गरेका छन् । 

यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ को बाँके जंगलमा पर्ने राजमार्गमा स्थानीयले अवरोध गरेको र उक्त अवरोध हटाउन खोज्दा सुरक्षाकर्मीमाथि नै आक्रमण भएपछि प्रहरीले गरेको हवाईफायरकाक्रममा स्थानीय सरोजनारायणको मृत्यु भएको गृहमन्त्री बादलले स्पष्टिकरण दिएका थिए । 

बादलले शान्ति–सुरक्षा कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने राज्यको दायित्व निभाउने क्रममा सर्लाहीमा घटना भएको बताएका थिए । 

त्यसपछि भने सांसदहरु आक्रोशित भए । कुन चाहीं लोकतन्त्रका लागि गोली हान्नुपर्छ भनेर । उनीहरुले घटनाको छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्न माग गर्दै उठेर विरोध गरेका थिए । 

सभामुख महराले मंगलबार नै समिति गठनका लागि पहल गर्ने आश्वासन दिए पनि अहिलेसम्म उनले गठन गरेका छैनन् । 

विश्वप्रकाशको ट्वीट
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बादलको भनाइप्रति कटाक्ष गर्दै सरकारलाई सम्झाउने प्रयास गरेका छन् । 

उनले ट्वीटरमा ट्वीट गर्दै लोकतन्त्रको नाममा गोली नहान्न गृहमन्त्रीलाई सम्झाउँदै लोकतन्त्र टिक्ने शूत्र बताएका छन् । 

यस्तो छ उनको ट्वीट–
‘कुनैपनि देशमा गोली, बन्दुक र बारुदले होइन संवाद, जनमत र नैतिक मूल्यले टिक्छ लोकतन्त्र । सत्ताले निषेधको र विप्लवले हिंसाको बाटो त्याग्नै पर्छ । रेडबुकले रगत धेरै दि’झसक्यो देशलाई, कमरेडहरुले पसिना बगाउने प्रतिस्पर्धा गरुन् अब । जय नेपाल !!’

अर्को ट्वीटमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्याग गर्दै लेखेका छन् –लोकतन्त्रको रक्षा गोलि चलाएरनै हुने हो ? गृहमन्त्रीको अभिव्यक्ति ब्यक्तिगत कि सरकारकै धारणा ?

उसबेलाको ‘प्रजातन्त्र’ले गोलि चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरि,चट्याङ र बादलहरु बेपत्ताको लिस्टमा पुग्ने थिएनन् र ?  सहादतको सुचिमा भलै हामी कयौंको नाम हुन्थ्यो !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ