arrow

नमूना सामुदायिक अस्पतालको छैटौ साधारण सभा सम्पन्न

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
lamjung-hospital-prg.jpg.jpeg
लमजुङ। लमजुङको नमूना सामुदायिक अस्पताल विकास समितिको छैटौं साधारण सभा सम्पन्न भएको छ। सभामा जिल्ला न्यायधिस अर्जुन अधिकारीले अस्पताल खोल्नु आफैमा ठूलो कुरा भए पनि यसलाई निरन्तरता दिनु अझ ठूलो कुरा भएको बताए। उनले अस्पताल संचालन गर्नु जस्तो मानवीय सेवा र पवित्र कार्यमा सबैले सहयोग गरेमा मात्र सफलता प्राप्त गर्न सकिने बताए। 
 
कार्यक्रममा विशेष अतिथि नेपाली काँग्रेसका पूर्व सभापति तुलसीनारायण श्रेष्ठले नजिकको तीर्थ हेला गर्नुभन्दा यसलाई बुझेर सकारात्मक सोचका साथ अस्पताल आउन सकिएमा मात्र यस भित्रको यथार्थता थाहा हुने बताए। 
 
यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव हरी बराल, नेकपा एमालेका सचिवालय सदस्य लोकराज पाण्डे, एनेकपा माओबादी जिल्ला सचिव मधु अधिकारी, नेपाली कागं्रेस सुन्दरबजार नगर कमिटीका सभापति द्वारिका मिश्र, कालिका सार्वजनिक माइक्रोबस संचालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी, सुन्दरजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उत्तम गुरुङ, उद्योग बाणिज्य संघ सुन्दरबजार इकाइका अध्यक्ष गालु मिया, च्वाईस नेपालका प्रतिनिधि निर्मल केसी, सुन्दरबजार अस्पतालका हेल्थ असिष्टेन्ट अमृत कणेल,  संस्थापकको तर्फबाट फणिन्बहादुर केसी र निलकण्ठ अधिकारी, नमूना सामुदायिक अस्पताल विकास समितिका महिला सदस्य तारा अधिकारी लगायतका वक्ताहरुले आफ्नै छिमेकमा खुलेको अस्पताल जिल्लाकै सुविधा सम्पन्न अस्पताल मध्येमा एक भएकोले निश्चिन्तताका साथ सेवा लिन आग्रह गरेका थिए। त्यसैगरी उनीहरुले विरामी हुँदा छिटो सन्चो हुने भ्रममा फार्मेसीबाट औषधी लिनु भन्दा अस्पतालमा आएर डक्टरसँग परामर्श लिई औषधी सेवन गर्नु उचित हुने बताए । 
 
साधारण सभाको अवसरमा अस्पताल विकास समितिले अस्पतालको स्थापनादेखि आजको अवस्थामा अस्पताललाई ल्याउन सहयोग गर्नुभएको भन्दै संस्थापक अध्यक्ष सीताराम कोइराला, अहोरात्र खटेर अस्पताललाई सुविधा सम्पन्न बनाउन निःस्वार्थ रुपमा लाग्नुभएको भन्दै भवन निर्माण समितिका अध्यक्ष एवं संचालक समितिका सदस्य परमेश्वर अधिकारीलाई सम्मान गरेको छ। 
 
यसैगरी लामो समयसम्म अस्पतालमा सेवा गर्ने उत्कृष्ट कर्मचारीको रुपमा डेन्टल हाइजेनिष्ट पदमा कार्यरत सन्तोष विकलाई समेत अस्पताल विकास समितिले प्रशंसापत्र प्रदान गरेको थियो। अस्पताल विकास समितिका अध्यक्ष सुर्यकुमार पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अम्बिका प्रसाद पण्डित महासचिव निर्मल अधिकारीले मन्तव्य राखेका थिए। 
 
२०६२ सालमा स्थापना भएको यस नमूना सामुदायिक अस्पतालको स्थापनाकालदेखि हालसम्म भए गरेका गतिविधि र विकासका कार्यहरु तथा आगामी उद्धेश्यहरुको बारेमा अध्यक्ष सुर्यकुमार पण्डितले प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा विशेषज्ञ सेवा सहित अगाडि बढ्ने बताए। साधारण सभाको बन्द सत्रमा कोषाध्यक्ष ततबहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन बहुमतले पारित गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ