arrow

श्रीमानसंग मिलेर प्रेमीको हत्या

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
Killed.jpeg

धनगढी । कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।     
     
 इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।     
     
 यही असार २२ गते कुँवरको हत्या गरेर आफ्नो घरदेखि ५० मिटरको दूरीमा रहेको खोलमा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार शव फेला परेको विश्वकर्माले बताए । 

प्रहरीले कल्पनाका श्रीमान्लाई समेत पक्राउ गरेको छ । मृतक गुल्मी जिल्ला घर भई यस क्षेत्रमा मजदूरीको काम गर्दै आएको बुझिएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ