arrow

भारतका १ करोड ५० लाख एन्ड्रोइड डिभासमा साइबर आक्रमण

logo
एजेन्सी
प्रकाशित २०७६ असार २६ बिहिबार
agent_smith.jpg

काठमाडौं । साइबर सुरक्षासँग जोडिएको एक गम्भीर घटना सार्वजनिक भएको छ । भारतको १ करोड ५० लाख एन्ड्रोइड डिभाइस साइबर आक्रमणको शिकारमा परेका छन् । 

चेक प्वइन्टको अनुसन्धानले नयाँ किसिमको मालवेयरले निकै चलाखीपूर्वक विश्वभरका २ करोड ५० लाख डिभाइसलाई आफ्नो शिकार बनाएको हो । जसमा १ करोड ५० लाख डिभाइस भारतका छन् । 

कुनै एल्पिकेशनजस्तो देखिने भाइरसको विषयमा अहिलेसम्म पाइएको जानकारीअनुसार यसले एन्ड्रोइड डिभाइसेजलाई नोक्सानी पुर्‍याउनुका साथै फोनमा इन्स्टल भएका एपलाई विस्थापित गरेर हानिकारक भर्सनलाई इन्स्टल गर्छ । 

चेक प्वइन्टले एक वक्तव्य जारी गर्दै ‘एजेन्ट स्मिथ’ नामको यो मालवेयर डिभाइसले निकै सहज तरिकाले सबै डिभाइसमा आफ्नो पहुँच विस्तार गर्ने गरेको बताएको छ । 

यसको माध्यमबाट प्रयोगकर्तालाई वित्तीय हिसाबमा नाफा हुने विज्ञापन देखिने वक्तव्यमा उल्लेख छ । यसको प्रयोग बैंकिङ डिटेल्स लिनका लागि गर्ने सकिने बताइएको छ । यसको काम गर्ने तरिका यसअघिको साइबर आक्रमणसँग केही मात्रामा मिल्दोजुल्दो छ । 

यसले हिन्दी अरेबिक, रुसी र इन्डोनेसियन प्रयोगकर्तालाई आफ्नो निशाना बनाएको छ । बंगलादेश र पाकिस्तानमा पनि यसले प्रयोगकर्तालाई उल्लेख्य नोक्सानी पुर्‍याएको छ । 

बेलायत, अष्ट्रेलिया र अमेरिका पनि यो साइबर आक्रमणको निशानामा परेका छन् । तर, अहिले भने उक्त सफ्टवेयर प्ले स्टोरमा नरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ