arrow

रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध, सयौं यात्रु अलपत्र

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
gulmi_district_map.png

तम्घास । तीन दिनदेखि लगातार परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ ।

गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खसेपछि बिहीबार रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।     
     
विहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक गए रातिदेखि पुनः अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुने सो सडक अवरुद्ध बनेपछि सयौँ यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । 

अवरुद्ध सडक सञ्चालन गर्न शुक्रबार बिहानैदेखि गाउँपालिकाले डोजर सञ्चालन गरी पहिरो हटाउन शुरु गरेको अध्यक्ष ढकालले बताए । 
     
वर्षाका कारण गुल्मीका एक दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । सडक अवरुद्ध बनेपछि सवारीसाधन सञ्चालन नहुँदा सदरमुकाम तम्घासमा आउने सेवाग्राहीलाई समेत समस्या भएको छ ।     



नयाँ