arrow

प्रदेश नं २ को राजधानीमा डुबान, कुनैपनि सरकारी कार्यालय बाँकी रहेन

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७६ असार २७ शुक्रबार
janakpur-duban.jpg

काठमाडौं। तीन दिनदेखि लगातार भइरहेको अबिरल वर्षाका कारण  जनकपुरधामको अधिकांस क्षेत्र डुबानमा परेको छ। भारी वर्षाका कारण  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय , जिल्ला हुलाक कार्यालय, आन्तरिक राजश्व कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय  लगायतका दर्जनौं सरकारी कार्यालयहरु नै डुबानमा परेका छन्।

जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, जनकपुर विमानस्थल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक,  क्षेत्रका सडक र परिसर जलमग्न भएको छ। यसैगरी वर्षाका कारण जनकपुरको वडा नम्बर २५ ओटै वडाहरु डुबानमा परेपछि जनजीवन कष्टकर बनेको हो । केही  वडाहरूको घरभित्र पानी छिरेपछि स्थानीय समस्यामा परेका हुन ।

यता हालसालै निर्माण भएका जनकपुरका सडकहरु समेत जलमग्न भएका छन्। आधुनिक प्रविधि र ढलसहितको सडकमा पानी नजम्ने दाबा गरिएपनि सडकहरु जलमग्न भएका छन। जनकपुरधाम नगरभित्र सडक तथा नाला निर्माधिन अवस्थामा रहेको तथा निर्माण भएको नालामा समेत सरसफाई नभएकाले पानीको उचित निकास हुन सकेको छैन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ