arrow

प्रतिष्ठित छिन्नलता पुरस्कारबाट बुद्धवीर लामा लगायतका कलाकार सम्मानित 

logo
प्रकाशित २०७६ असार २८ शनिबार

काठमाडौ । सांस्कृतिक क्षेत्रको प्रतिष्ठित पुरस्कार छिन्नलता पुरस्कारबाट गीतकार बुद्धवीर लामा, गायिका तीर्थकुमारी नेपाली लगायत विभिन्न श्रष्टाहरु सम्मानीत भएका छन् । 

राजधानीमा शुक्रबार साँझ भएको एक विशेष समारोहमा सम्मानित श्रष्टाले आफ्ना चर्चित गीत गाएर उपस्थितहरुलाई भरपुर आनन्द दिएका थिए ।

गीतकार रमोलादेवी शाह "छिन्नलता" को नाममा "छिन्नलता गीत पुरस्कार गुठी २०३९" सालमा स्थापना गरी बिभिन्न विधामा प्रतिष्ठित कलाकारहरुलाई पुरस्कार दिइँदै आइएको छ । 

सम्मानित हुनेमा गायनमा यम बराल, संगीतकारमा बद्री-दुर्गा खरेल तथा नव प्रतिभामा प्रकाश सपुत र शान्तिश्री परियारलाई पनि रहेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री इश्वर पोख्रेलले गीत/ संगीतको माध्यमबाट समाजमा सकारात्मक संदेश दिने विशिष्ट व्यक्तिहलाई सम्मान गर्न पाउदाँ खुसी व्यक्त गरे । 

छिन्नलता गीत पुरस्कार गुठी परिवारका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीले छिन्नलताका जीवनका विभिन्न कुराहरु उजागर गरेका थिए । 

सम्मानीत श्रष्टा बुद्धवीर लामाले कलाकारिता क्षेत्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार ग्रहणले थप जिम्बेवारी थपिएको महशुस भएको बताए । उनले उपप्रधानमन्त्रीलाई देखाउँदै आइफा अवार्डमा विदेशीलाई अर्बौं खर्च गर्न तयार सरकारले नेपाली कला, संस्कृत, गायन क्षेत्रमा भने उल्लेख्य खर्च गर्न नसकेको कटाक्ष प्रस्तुत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ