arrow

भियतनामको होई एन एसियाकै सुन्दर सहर 

logo
एजेन्सी
प्रकाशित २०७६ असार २८ शनिबार
Hoi_An.png

काठमाडौं । भियतनामको होई एन एसियाको सबैभन्दा सुन्दर सहर बनको छ । पर्यटनको लागि विश्वको चर्चित म्यागाजिन ट्राभल लेजर म्यागाजिनले सार्वजनिक गरेको वरीयतामा भियतनामको सहर सबैभन्दा सुन्दर सहरको रुपमा देखिएको हो । 

म्यागाजिनले पछिल्लो समय गरेको सर्वेक्षणको अधारमा यो वरीयता तय  गरिएको थियो । यो सर्वेक्षणमा यसअघिका रेकर्ड र पर्यटक सामेल गरिएको थियो ।

सबैभन्दा सुन्दर १० सहरमा जापानका ३, भारत र थाइल्याण्डका २, इन्डोनेसिया र कम्बोडियाका १÷१ सहर समावेश छन् । जापानको टोकियो, क्योटो र ओसाका यो सूचीमा परेका छन् । थाइल्याण्डको चीयाङ माय र इन्डोनेसियाको उबुद वरीयतामा टोकियाभन्दा अगिाडि दोस्रो र तेस्रो नम्बरमा छन् । 

म्यागाजिनले पत्येक वर्ष आफ्ना पाठकहरुलाई सोधेर उनीहरुको अनुभवको आधारमा यो सर्वेक्षण गर्ने गरेको छ । जसमा केही मापदण्डको आधारमा पाठकले प्रत्येक शहरलाई अंक प्रदान गर्ने गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ