arrow

टि-२० क्रिकेट विश्वकप: ईङल्याण्ड सेमीफाईनलमा, अष्ट्रेलिया र भारत समुहमै नकआउट खेल्ने

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
ENG_SL.jpg.jpeg
काठमाडौं। श्रीलंकालाई १० रनले पराजित गर्दै ईङल्याण्ड टि-२० क्रिकेट विश्वकपको सेमीफाईनल प्रवेश गरेको छ। लंकन कप्तान एन्जेलो म्याथ्युजले खेललाई आफ्नो तर्फ पार्ने राम्रो प्रयास गरेपनि अन्तत: उनी सफल हुन सकेनन्। 
 
टस हारेर पहिले ब्याटिङ गरेको ईङल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १७१ रन बनाएको थियो। उसकालागि जोस बटलरले ६६* बनाएका थिए भने जेसन रोयले ४२ रनको योगदान दिएका थिए। 
 
तेस्रो ओभरमा १५ रन हुँदा ४ विकेट गुमाएको श्रीलंकाले कप्तान म्याथ्युजको सानदार ब्याटिङका वावजुद जीत हात पार्न सकेन। म्याथयुज र कपुगेदराका बिच भएको ८० रनको साझेदारीले एक समय जीतको नजिक पुराएको थियो। लंकन कप्तानले ७३* रनको पारी खेलेका थिए। जस्मा ५ छक्का र तीन चौका सामेल थिए। ईङ्ल्याण्डका क्रिस जोर्डनले ४ विकेट लिएका थिए। 
 
अष्ट्रेलिया- भारत
 
समुह २मा समुह चरणको अन्तिम खेलमा भारतले अष्ट्रेलियाको सामना गर्नेछ। आज हुने खेल क्वार्टरफाईनल बराबर हुने छ। बिजेता टोलीले सेमीफाईनलको यात्रा तय गर्ने छ। भारत र अष्ट्रेलिया दुवैले ३ खेल खेलका छन् र दुवै टोली न्युजिल्याण्डसँग पराजित भएका छन् भने दुवैले पाकिस्तान र बंगलादेशलाई पराजित गरेका छन्।  तीन खेल खेलेका दुवै टोलीको समान ४ अंक रहेको छ। 
 
भारतले प्रतियोगिताभरि अहिलेसम्म  उही ११ खेलाडी खेलाएको छ। संभवत: आज पनि उसले कुनै खेलाडी परिवर्तन गर्ने छैन्। भारतको प्रदर्शन विराट कोहली र रविन्द्र जडेजाको प्रदर्शनमा भर पर्नेछ। कोहली पछील्लो समयमा भारतकालागि भरपर्दा ब्याट्सम्यान हुन भने जडेजा ब्याटिङ गर्न सक्ने अलराउण्डर हुन्। उनी भारतकालागि यो प्रतियोगितामा सार्वाधिक ४ विकेट लिने बलर हुन्। 
 
अष्ट्रेलियाले आफ्नो टोलीमा रहेका १५ खेलाडी मध्य १४लाई मैदानमा ओराली सकेको छ। उस्मान ख्वाजा र जेम्स फकनरको प्रदर्शनमा अष्ट्रेलियाई खेल धेरै निर्भर गर्नेछ। फर्ममा रहेका ख्वाजा यो प्रतियोगितामा ब्याटबाट राम्रो प्रदर्शन गरिरहेका छन् भने फकनरले आफ्नो बलिङको जादु देखाईरहेका छन्। पाकिस्तानसँग भएको खेलमा ५ विकेट लिएका फकनर ब्याटिङपनि राम्रो गर्ने गरेका छन्। 
 
त्यसैगरि आज हुने अर्को खेलमा वेष्टईण्डिजले अफगानिस्तानसँग खेल्ने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ