arrow

सर्लाहीका सरकारी कार्यालय आफै त महादेव उत्तानो पर कस्ले देला वर!

अविरल वर्षा सहितको डुवानले सर्लाहीको जनजीवन कष्टकर

logo
प्रकाशित २०७६ असार २८ शनिबार
duban-sarlahi.jpg

सर्लाही। अविरल वर्षाले सर्लाहीसहित तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ। पानीको निकास नहुँदा सर्लाहीमा जिल्ला सदरमुकाम मलंगवासहित दक्षिणी भेगका अधिकांश भू–भाग डुबानमा परेका छन् ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी बेशक्याम्प, मलंगवा नगरपालिकालगायतका कार्यालय नै डुबानमा परेका छन् । अप्ठ्यारोमा पर्दा आम नागरिकको सहयोगमा तत्पर रहनुपर्ने कार्यालय नै आफै त महादेव उत्तानो पर कस्ले देला वर! शैलीमा डुवानमा परेका छन्। सरकारी कार्यालयहरु नै डुवानमा परेपछि घर डुबानमा परेका सयौँ परिवारको बिचल्ली भएको छ। वाढी तथा डुवान पिडितहरुको खान बस्नको टुंगो नहुँदा दिनचर्या कष्टकर बनेको छ ।

खोलाको बाढी र वर्षाको भेलले जिल्लाको धनकौल, बसबरिया, बरहथवा, रामनगर, ब्रम्हपुरीलगायतको क्षेत्रमा दर्जनौं बस्तीमा कटान र डुबानको समस्या देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले  जानकारी दिए। उनका अनुसार पानी पर्ने क्रम नरोकिएकाले उद्धार तथा कटान रोक्नका लागि सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न समेत समस्या भैरहेको छ। कतिपय ठाउँमा स्थानीयवासी आफै सुरक्षित ठाउँमा ओत लागेर बसेका छन् ।

प्रमुख जिल्ला अधिकारी राउतले वर्षाका कारण जिल्लामा अहिलेसम्म ठूलो किसिमको अप्रिय घटना नभए पनि अधिकांश ठाउँमा डुबान र कटानको समस्या भने रहेको बताए। अविरल वर्षाले बागमती, लखन्देही, मनुष्मारा, बाँके, फूलजोर, कालिन्जोरलगायतका खोलामा ठूलो बाढी आइरहेको छ ।

खोलाको बाढीले ठाउँ ठाउँमा किसानको खेतबारी कटान गरिरहेको छ् । हुलाकीसहित सर्लाहीका भित्री सडकहरु हिँड्डुल गर्न र सवारी चल्न नसक्ने गरी जलमग्न भएका छन् । वर्षाका कारण अवरुद्ध विद्युत् लालबन्दीलगायतका केही बजार क्षेत्र बाहेक अन्य ठाउँमा सूचारु भएको छैन् । लालबन्दीसहित राजमार्गक्षेत्रमा भने गएरातीबाट आंशिक रुपमा विद्युत् सूचारु भएको हो । तर यस क्षेत्रमा पनि बेला–बेलामा बत्ती आउने जाने भैरहेको छ ।

ग्रामीण भेगमा धेरै बिजुलीको पोल ढलेकाले तत्काल विद्युत् सूचारु हुने अवस्था नरहेको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले जनाएको छ । मर्मतको काम भने चलिरहेको प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए । सदरमुकाम मलंगवामै समेत विद्युत् अवरुद्ध छ । विद्युत् नहुँदा विपतको समयमा नागरिक सञ्चार सम्पर्कबाट टाढिएका छन् । अविरल वर्षाले हरेक क्षेत्र प्रभावित बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ