arrow

पहिरोले मोटरसाइकल बगायो, सवार यात्रुको पत्तो छैन

बाढीले १ हजार कुखुरा बगायो

logo
प्रकाशित २०७६ असार २८ शनिबार
pahiro-palpa.jpg

बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स नजिकै गएको पहिरोले मोटरसाईकल बगाएको छ। तीन दिनदेखि परेको अविरल बर्षाका कारण आएको पहिरोमा परि मोटरसाईकल बगाएको हो।

मोटरसाईकल तिनाउ नदिमा झरेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदुसुदन पन्तले जानकारी दिए। “घटनास्थलमा जान सक्ने स्थिती छैन, पहिरो झरेको झर्यै छ” उनले भने । मोटरसाईकलमा कति सवार थिए भन्ने एकिन हुन सकेको छैन् ।

खोलामा मोटरसाईकल पहिरोले लगेको थाहा पाएपछि ट्राफिक प्रहरी घटनास्थलतर्फ जाँदै छ। विस्तृत विवरण आउन बाँकी छ।

बाढीले १ हजार कुखुरा बगायो 
दाङको देउखुरीमा बाढीले १ हजार बढी कुखुरा बगाएको छ। राप्ती गाउँपालिका वडा नं १ शान्तिपुर निवासी नेत्रप्रसाद खनालले पालेका १ हजार ब्रोईलर कुखुरा बाढीले बगाएको छ।

स्थानीय गनाहा खोलामा एक्कासी आएको बाढी खनालको साक्षी पोल्ट्री फर्ममा पसेपछि १ हजार कुखुरासहित ६६ बोरा दाना तथा भाँडा वर्तन समेत बगाएको छ। खनालको पोल्ट्री फर्ममा साढे ४ लाख बढीको क्षति भएको प्रहरीले बताएको छ। 

यसका साथै त्यसको नजिकै रहेको विभिन्न जातजातीको तरकारीको नर्सरी पनि बगाएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी विनोदविक्रम शाहले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ