arrow

मैत्रीपुर्ण फुटबल: ईङल्याण्डद्वारा विश्वबिजेता जर्मनी पराजित

सायद ईङलिस टोली युवाहरुलाई विश्वास गर्न थालेको छ

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
England_Football.jpg.jpeg
एजेन्सी। आफ्नै गृहमैदान बर्लीनमा भएको मैत्रीपुर्ण खेलमा विश्वकप २०१४ बिजेता जर्मनी ईङल्याण्डसँग ३-२ गोलले पराजित भएको छ।२ गोलले पछाडि परेको स्थितीलाई उल्टाउँदै इङल्याण्डले जीत हात पारेको हो। 
 
खेलको पहिलो हाफको ४३औ मिनेटमामा रियाल माड्रिडका टोनी क्रुसले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। त्यसैगरि खेलको ५७औ मिनेटमा जर्मनीका गोमेजले गोल थप्दै खेललाई २-०को स्थितीमा पुर्‍याएका थिए। 
 
खेलको ६१औ मिनेटमा ईङल्याण्डका ह्यारी केनले गोल गर्दै खेललाई २-१को स्थितीमा पुराएका थिए। केन ईङलिश क्लब टोटनह्याम हटस्पर्सका स्टार खेलाडी हुन्।  
 
७४औ मिनेटमा लेस्टरका स्ट्राईकर जेमी भार्डीले गोल गर्दै २-२को स्थितीमा ल्याएका थिए। दोस्रो हाफको थप समयमा स्पर्सका एरिक डायरले तेस्रो गोल गर्दै ईङल्याण्डलाई बिजयी बनाएका थिए। 
 
ईङल्याण्डकालागि गोल गर्ने तीनै जना खेलाडी अहिलेको जारि प्रिमियर लीगमा पहिलो र दोस्रो स्थानमा रहेका क्लबलाई प्रतिनिधित्व गर्ने गर्छन्। जेमी भार्डीले लेस्टर सिटी सँग आबद्ध छन् भने केन र डायर स्पर्सबाट खेल्छन्। 
 
ईङलिश टोलीका म्यानेजरले नयाँ टिम बनाउने क्रममा युवाहरुलाई मौका दिएका हुन्। मैत्रीपुर्ण खेलमा स्पर्सका डेले अलीले लगाएको १० नंको जर्सीले नै स्पष्ट पारेको छ अब इङल्याण्ड फुटबलले के सोच्दैछ ? ईङल्याण्डका स्टार खेलाडी वायन रुनीको जर्सी १० थियो। 
 
ईङलिस म्यानेजरले भनिसकेका छन् -'१९ बर्षिया अलीले जे पनि गर्न सक्छ '। सायद ईङलिस टोली युवाहरुलाई विश्वास गर्न थालेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ