arrow

काशीमा पुनर्जीवित भयो शास्त्रार्थ परम्परा, नेपाल सहित ४ देशका १०० विद्वान सहभागी

logo
प्रकाशित २०७६ असार २८ शनिबार
sasastra3.jpg

काठमाडौं । पूर्वीय शिक्षा परम्पराको एउटा उत्कृष्ठ नमूना शास्त्रार्थ परम्परा एकपटक फेरि काशीमा पुनर्जीवित भएको छ । सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा शुक्रवारदेखि तीन दिवसीय अन्तराष्ट्रिय शास्त्रार्थ सम्मेलन शुरू भएको छ । पहिलो दिन न्याय र दर्शन विषयमा विद्वानहरुकाबीच शास्त्रार्थ भएको छ। न्यायमा व्याप्तिको विभिन्न स्वरूपहरु र दर्शनमा ब्रह्म विषयमा चर्चा भएको थियो । शास्त्रार्थमा भारतका संस्कृत विद्वानहरु सहित नेपाल, भूटान, बर्माबाट गएका झण्डै १०० भन्दा धेरै प्रतिनिधिहरु सामेल भएका छन् । 

शास्त्रार्थमा वैदिक गणित, ज्योतिष, प्राचीन न्याय, योग, आयुर्वेद, द्वैत वेदान्त, वेदान्त सहित अन्य विषयमा चर्चा-परिचर्चा हुनेछ । छात्रहरुको बीच अलग रुपमा पछि शास्त्रार्थ गरिनेछ । यसका अलावा गुरुकुलमा आयुर्वेद, धनुर्वेद र अर्थशास्त्र विषयमा पूर्व कुलपति प्रो.वी.कुटुम्ब शास्त्रीले व्याख्यान दिएका छन्।

कार्यक्रममा भूटानका स्वामी विवेकानन्द सरस्वती र इन्डिक अकादमीका नागराज पातुरीले व्याख्यान दिएका छन्। यसैगरी वेदभवनमा अग्निहोत्र ओमकार यशवन्त सेलुकरले मार्ग निर्देशनमा यज्ञ आरम्भ भएको छ । उनको नेतृत्वमा तिरूपतिबाट आएकाहरुले आइतबार राष्ट्र कल्याणका लागि मित्रविन्दा यज्ञ गरिने भएको छ। कैयौं चरणमा चल्ने यो सत्र राति ११ बजेसम्म चल्नेछ । 

वैदिक कालमा ज्ञानको लागि शास्त्रार्थ 
प्राचीन भारतमा दार्शनिक एवं धार्मिक वाद-विवाद, चर्चा या प्रश्नोत्तरलाई शास्त्रार्थ (शास्त्र + अर्थ) भनिन्छ । यसमा दुई वा दुई भन्दा धेरै व्यक्ति कुनैपनि गूढ विषयको असली अर्थमाथि चर्चा गरिन्छ । कुनैपनि विषयको सम्बन्धमा सत्य र असत्यको निर्णय निकाल्न पनि शास्त्रार्थ गर्ने गरिन्छ । सत्य र असत्यको परोपकारका लागि पनि जसले वाद-विवाद गर्दछन् त्यसैलाई शास्त्रार्थ भनिन्छ । शास्त्रार्थको शाब्दिक अर्थ त शास्त्रको अर्थ हो । वस्तुतः मूल ज्ञानको स्रोत शास्त्र नै हुनुले प्रत्येक विषयको लागि निष्कर्षमा पुर्याउनको लागि शास्त्रको नै आश्रय लिनु पर्दछ । 

त्यसैले यो विवादलाई शास्त्रार्थ भन्ने गरिन्छ । यसमा तर्क, प्रमाण र युक्तिहरुको आश्रयद्वारा सत्यासत्य निर्णय गरिन्छ । शास्त्रार्थ र विवादमा धेरै अन्तर छ। शास्त्रार्थ विशेष नियम अन्तर्गत पर्दछ । अर्थात शास्त्रार्थमा यस्तो नियम हुन्छ । जसद्वारा सत्य र असत्यको निर्णय गरिन्छ । शास्त्रार्थमा महर्षि गौतम कृत न्यायदर्शनद्वारा प्रतिपादित विधि नै प्रामाणिक छ। वैदिक कालमा एकभन्दा धेरै मध्ये एक विद्वान ऋषि हुन्थे । जसलाई शास्त्रार्थमा सबैलाई हराएपछि मात्रै सबैले मान्ने गर्दथे । सोही कालमा समेत शास्त्रार्थ व्यापक प्रचलनमा थियो । वैदिक कालमा ज्ञान आफ्नो चरम सीमामा थियो । त्यो कालमा शास्त्रार्थ केवल ज्ञानको वृद्धिको लागि गर्ने गरिन्थ्यो । 



नयाँ