arrow

सेरेनालाई पछार्दै सिमोनाले जितिन् विम्बल्डन टेनिसको उपाधि

logo
प्रकाशित २०७६ असार २८ शनिबार
simona.jpg

काठमाडौं । विम्बल्डन टेनिसको उपाधि रोमानियन खेलाडी सिमोना हालेपले जितेकी छिन् । शनिबार राति भएको फाइनलमा अमेरिकन रेकर्डहोल्डर सेरेना विलियम्सलाई पराजित गर्दै पूर्व विश्व नम्बर एक सिमोनाले उपाधि जितेकी हुन् । 

Simona Halep won her first Wimbledon title after she eased past Serena Williams 6-2, 6-2 on centre court on Saturday

पहिलो विम्बल्डनको उपाधि जितेकी सिमोनाले सेरेनालाई ६–२ र ६–२ को सेटमा पराजित गरिन् । सेरेनाविरुद्ध जित निकाल्न हालेपले ५६ मिनेटको समय निकालिन् ।

Halep was in disbelief as she won only her second ever Grand Slam title having previously won the French Open in 2018

सिमोनाले विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियन खेलाडीको रेकर्डसमेत बनाएकी छिन् । 

The Romania tennis star eased past the American in 56 minutes to deny Williams a record-equalling 24th Grand Slam

सिमोनाले दोस्रो ग्राण्डस्लाम उपाधि जितेकी छिन् । 

२३ वटा ग्राण्डस्लाम जितेकी ३७ वर्षीया सेरेनाले यसपटक पनि अष्ट्रेलियन खेलाडी मार्गरेट कोर्टले बनाएको २४ ग्राण्डस्लामको रेकर्ड बराबरी गर्न सकिनन् । 

Williams was looking to equal Margaret Court but she was never allowed a foothold in this final as Halep was dominant

तर सेरेना सबैभन्दा बढी उमेरकी फाइनलिष्टको रेकर्ड भने बनाउन सफल भएकी छिन् । 

Britain's Duchess of Cambridge (L) and Britain's Duchess of Sussex (R) were both in attendance on Saturday

पुरुषतर्फको विम्बल्डनको उपाधिका लागि नोभाक जोकोभिक र रोजर फेडेरर आइतबार खेल्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ