काठमाडौं । विम्बल्डन टेनिसको उपाधि रोमानियन खेलाडी सिमोना हालेपले जितेकी छिन् । शनिबार राति भएको फाइनलमा अमेरिकन रेकर्डहोल्डर सेरेना विलियम्सलाई पराजित गर्दै पूर्व विश्व नम्बर एक सिमोनाले उपाधि जितेकी हुन् ।
पहिलो विम्बल्डनको उपाधि जितेकी सिमोनाले सेरेनालाई ६–२ र ६–२ को सेटमा पराजित गरिन् । सेरेनाविरुद्ध जित निकाल्न हालेपले ५६ मिनेटको समय निकालिन् ।