- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालले अहिले मलेसियासंग दोस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ । मलेसियाको किन्रारा ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
पहिलो खेलमा शनिबार ७ विकेटको जित निकालेको नेपालले यो खेल जितेर सिरिजमा क्लिनस्वीप गर्न चाहन्छ ।
ओपनिङमा कप्तान पारस खड्का र पवन सर्राफ आए पनि उनीहरुको साझेदारी राम्रो बन्न सकेन ।
३४ रनको साझेदारी गरेपछि सर्राफ व्यक्तिगत १० रनमा आउट भए । त्यसपछि आएका ज्ञानेन्द्र मल्लले ७ रन मात्र बनाउन सके ।
पारस पनि १९ बलमा २३ बनाएर आउट भए । उनले २ छक्का र २ चौका हानेका थिए ।
४२ रन बनाउँदा नेपालले ३ विकेट गुमाएको थियो ।
रोहितकुमार पौडेल र शरद भेषवाकरले नेपालको ब्याटिङ सम्हालिरहेका छन् ।
आईसीसीबाट टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।
आईतबार मलेसियालाई हराउँदै ऐतिहासिक सिरिज ‘क्लिनस्वीप’ गर्ने अवसर नेपाल सामु रहेको छ ।
सिंगापुरमा हुने आईसीसी टी–२० विश्वकप एसिया फाईनलको तयारीका लागि नेपालले मलेसियासंग दुई खेलको टी–ट्वान्टी सिरिज खेलिरहेको हो ।
यस्तो थियो पहिलो खेल
मलेसियाले पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १२८ रन बनायो ।
जवाफमा नेपालले १८।३ ओभरमा ३ विकेटको नोक्सानीमा विजयी लक्ष्य पूरा गर्यो ।
कप्तान पारसले नटआउट ८६ रन बनाएपछि नेपाल ७ विकेटले विजयी भएको थियो । पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । ओपनरको रुपमा आएका उनले ३२ बलमा ५० रन पुरा गरेका थिए ।
यस्तै बलिङतर्फ करण केसीले ३ विकेट लिएका थिए । बसन्त रेग्मी र सन्दीप लामिछानेको नाममा २–२ विकेट रहेको थियो । ओपनिङ बलर सोमपाल कामीले १ विकेट हात पारेका थिए ।