arrow

भानुभक्त आचार्यको जन्मजयन्ती,  भानु नगरपालिकाद्धारा सार्वजनिक बिदा   

logo
प्रकाशित २०७६ असार २९ आइतबार
PRO_Ktm.jpg

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विभिन्न साहित्यिक कार्यक्रमसंगै प्रभातफेरी पनि निकालिएको छ । २०६ औं भानुजयन्तीको अवसरमा भानु प्रतिष्ठानद्वारा आइतवार प्रभातफेरी कार्यक्रम गरियो । 

स्कुलका छात्रछात्राले विभिन्न भेषभुषा र भावमा प्रभातफेरीमा सहभागिता जनाएका थिए । 

१८७१ सालमा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’, भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

नेपाली भाषामा  ‘रामायण’ लेखेर ठूलो गुन लगाएका भानुभक्तले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा पाठ गरिन्छ ।

‘बधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।

यसैबीच तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ