arrow

माल्यालाई बोस भन्दा रिसाए दर्शक, भुलेर पनि पैसा सापटी नदिन गेललाई सुझाव

logo
प्रकाशित २०७६ असार २९ आइतबार
chris-mallya1.jpg

काठमाडौं । इंगल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकपको फाइनल खेल आइतबार हुँदैछ । तर, यो विश्वकप क्रिकेटबाट बाहिरिसकेको वेस्टइन्डिजका ब्याट्सम्यान क्रिस गेल अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन् ।

उनी ट्रोल हुनुको कारण भगौडा भारतीय मदिरा कारोबारी विजय माल्यासँगको तस्वीर शेयर गरेसँगै उनी समाजिक सञ्जालमा ट्रोल बन्न पुगेका हुन् । विजय माल्या लण्डनमा भारत र अष्ट्रेलियाविरुद्धको खेल हेर्न जाँदा खेल हेर्न पुगेका भारतीयले उनको कारलाई घेरेर ‘चोर–चोर’ भन्दै नारा लगाएका थिए ।

किङफिसरका मालिक रहेका माल्या क्रिकेटमा पुग्दा भारतीयहरुले नारा लगाएका थिए । स्टेडियम पुगेका उनलाई भारतीय दर्शकले 'माल्या मेरा पैसा दे', 'चोर हे चोर हे गली गली मे शोर है बिजय माल्या चोर है...' भन्दै बिरोध गरेका थिए। उनी खेल सकिएपछि फर्कने क्रममा पनि नारा लगाइएको थियो ।

क्रिस गेलले ट्वीटरमा माल्यासँगको फोटो शेयर गरेर माल्यासँग भेटेर निकै खुसी लागेको बताएका थिए ।  क्रिस गेल आईपीएलमा धेरै वर्षसम्म रोयल च्यालेन्जर्स बेंग्लोरको हिस्सा थिए । जसको मालिक वियज माल्या थिए ।

यससँगै समाजिक सञ्जालमा गेललाई खुब ट्रोल गरिएको छ । एक प्रयोगकर्ताले गेलले माल्यालाई बोस भनेकोमा आपत्ति जनाउँदै भारतबाट ९० अर्ब भारु गायब पारेर भागेको मान्छेलाई बोस भनेको बताएका छन् ।

यसैबीच एक प्रयोगकर्ताले माल्यासँग आफ्नो बैंक अकाउण्ट शेयर नगर्न आग्रह गरेका छन् । साथै ऋण दिने गल्ती भुलेर नगर्न भन्दै व्यंग्य गरेका छन् । माल्याले पनि आफ्ना साथीसँग भेटेर निकै खुसी लागेको बताएका थिए । आफूले विगत एक वर्षदेखि आफ्नो पैसा जबर्जस्ती पैसा लगिरहेको बताएका छन् । यस्तोमा आफूलाई चोर भन्नेहरु नै वास्तवमा चोर रहेको बताएका छन् ।

 उनिमाथि भारतका १३ वटा बैंकको ऋण नतिरी बेलायत भागेको आरोप छ। एसबिआई बैंकले नेतृत्व गरेको १३ बैंकको टोलीले उनीमाथि ऋण असुलीको मुद्दा दायर गरेका छन्।

माल्याले भारत छोडेर भागेको अस्वीकार गर्दै आएका छन्। उनले आफू भारतीय बैंकहरुको सबै पैसा तिर्न तयार भएको बताउँदै आएका छन्। भारतले बेलायत सरकार समक्ष सन् २०१७ मा माल्याको सुपुर्दगीका लागि फाइल गरेको थियो। हाल उनी धरौटीमा रिहा भइ बेलायतमा बस्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ