arrow

यी युवतीलाई भेटेसँगै भाइरल भए रणवीर सिंह

logo
प्रकाशित २०७६ असार २९ आइतबार

काठमाडौं । रणवीर सिंह अहिले ३४ वर्षका भएका छन् । यो अवसरमा समाजिक सञ्जालमा उनको पुरानो तस्वीर सार्वजनिक भएको छ । यससँगै रणवीरले तस्वीर खिचाएको युवतीको खोजी शुरु भएको हो ।

यो तस्वीरमा रणवीर दीपिका नभई उनको बालकालको साथी पिया त्रिवेदी हुन् । पियाले रणवीरका साथमा उनको जन्मदिनमा केही तस्वीर शेयर गरेकी थिइन् । उक्त तस्वीर इन्टरनेटमा फैलिएको छ । पिया पेशाले एक भीजे तथा मोडल हुन् ।

 साथै उनले केही फिल्म पनि खेलिसकेकी छिन् । उनी सन् २०११ मा रिलिज भएको हम तुम शबानामा देखिएकी थिइन् । उनी रियालिटी शो खतरोंका खेलाडीमा पनि आइसकेकी छिन् ।

उनले सामाजिक सञ्जालमा चर्चा बटुल्दै आएकी छिन् । पिया अक्सर बिकिनीमा तस्वीर शेयर गर्दै आएकी छिन् । उनले १५ वर्षको उमेरदेखि मोडलिङ्ग गर्दै आएकी थिइन् ।

रणवीर सिंह आफ्नो आगामी फिल्म ८३ मा आउँदैछन् । फिल्ममा उनकी पत्नी र नायिका दीपिका पादुकोणको पनि मुख्य भूमिका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ