arrow

सरकार विरुद्ध आलोचनाको डरले १० दिनसम्म संसद स्थगित, बाढी प्रभावितमाथि ठूलो धोका

logo
प्रकाशित २०७६ असार ३० सोमबार
parliament_of_nepal.png

काठमाडौं । प्रतिनिधि सभाको बैंठक १० दिनको लागि स्थगित भएको छ । सोमबार दिउँसो १ बजेको लागि बोलाईएको बैठक तोकिएको समय भन्दा २ घण्टा पछि सूचना जारी गर्दै स्थगित गरिएको हो । संसदका महासचिव मनोहरप्रसाद भट्टराईले हस्ताक्षर गरेको सो सूचना अनुसार साउन ८ गते मात्रै संसद बैठक बस्नेछ । यसको कारण अविरल वर्षाका कारण सबै जना सांसदहरु जिल्ला जानु पर्ने भएकोले त्यसैको लागि भनिएको छ । 

यसरी अविरल वर्षाका कारण देशको तराई भूभाग डुबानमा परेको बेलामा संसदमा बसेर यसको समाधानबारे छलफल गर्ने र सरकारको कमिकमजोरीलाई झक्झक्याउने अवसर दिनुपर्नेमा १० दिनको लागि संसद स्थगित गराउनुले सभामुख कृष्णबहादुर महरा फेरि पनि विवादमा आएका छन् । उनको यो कदमलाई नेकपाका सांसदहरुले नै ठूलो धोका मानेका छन् । सरकारले केही पनि गर्न नसकेको बेलामा उल्टै बाढी प्रभावितको लागि केही गर्न झक्झक्याउने संसदलाई नै चल्न नदिनु सभामुखको कायरता रहेको नेकपा सांसदहरुको आरोप छ । 

यसरी संसद स्थगित गरिएकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक स्थगनपछि पत्रकारहरुसँगको कुराकानीको क्रममा सरकारले बदमासी गरेको आरोप लगाए । उनले बाढीपहिरो पीडितलाई राहतबारे संसदमा छलफल गर्न नचाहेर सरकारले बदमासी गरेको आरोप लगाएका हुन्। यसरी विपद्को बेलामा संसदमा गहन छलफल गर्नुपर्नेमा संसद नै स्थगन गर्ने कुरा संसारमा काहीँकतैपनि नहुने उनको दाबी थियो । 

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव राखेका थिए । सरकारले आलोचनाको शिकार बन्नुपर्ने भएपछि स्थगित गरेको यो संसदलाई सत्तारुढ नेताहरुले नै आलोचना गरेका छन् । नेकपा नेता माधवकुमार नेपालले राहत र उद्धारका लागि पर्याप्त छलफल जरुरी भएका बेला संसद स्थगित गरिएकोमा आश्चर्य प्रकट गरे। उनले सरकार राहत र उद्दारमा जुटेकोले संसद नै स्थगित गरिएको हुनसक्ने भन्दै सरकारमाथि व्यङ्ग्य प्रहार गरे । 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ