arrow

विराटनगरको अबस्था सामान्य बन्दै, महानगरका मेयर फिल्डमा

logo
प्रकाशित २०७६ असार ३० सोमबार
o1.jpg

विराटनगर । बाढी र जलमग्न क्षेत्रको अबस्था विराटनगर महानगरमा सामान्य बन्दै गएको छ । आइतवार र सोमवार बर्षा कम भएसंगै पानीको सतह समेत घटेको छ भने जनजीवन सामान्य बन्दै गएको छ ।

केही बाढी प्रभावित परिवारहरु विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा बसिरहेका छन् भने कतिपय आ–आफ्ना घर फर्केका छन् । बाढीवाट प्रभावित बालबालिका र गर्भवती महिलाहरुका लागि विराटनगर महानगरले विभिन्न संघ संस्थाको सहयोगमा लत्ताकपडा समेत वितरण गरिरहेको छ ।

सोमवार विराटनगर राउण्ड टेवल नं. ५ ले बखरी आधारभुत विद्यालयमा १ सय ५० जना बालबालिकालाई कपडा बितरण गर्यो । विराटनगर महानगरका मेयर भीम पराजुलीको उपस्थितीमा राउण्ड टेवलका टेवलर अश्विनी बंसल ,कोषाध्यक्ष रिसब दाहालले बालबालिकाहरुलाई तयारी कपडा बितरण गरेका थिए ।   यस्तै घर फर्कन नसकेका र घरबारबिहिन बनेका परिवारहरुलाई विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारको प्रबन्ध समेत विराटनगर महानगरले मिलाएको छ । यस्तै बाढीमा बगेर आएका र मरेका पशुचौपाया ब्यवस्थापन र बाढीप्रभावित क्षेत्रमा दवाइ सहित चुना छर्ने काम समेत महानगरले गरिरहेको छ । बाढीप्रभावित क्षेत्र र प्रभावित परिवारलाई सकेसम्म सहजरुपमा ब्यवस्थापन गर्ने कार्य भइरहेको  मेयर  पराजुलीले जानकारी दिए ।

पराजुलीले विराटनगरमा बाढीवाट प्रभावितहरुको बास्तविक संख्या र क्षतीको एकिन गर्न सवै वडाका वडाध्यक्षहरुलाई आग्रह गरिएको बताए । दुइदिन बर्षा कम भएका कारण पानीको सतह घटेको र जनजीवन सामान्य बन्दै गएको मेयर पराजुलीले बताए ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ